विपन भण्डारी, न्युजिल्याण्ड । न्युजिल्याण्ड फेरी एक पटक चर्चामा आएको छ । अहिलेपनि बच्चालाई दुध चुसाएको बिषयले न्युजिल्याण्डलाई चर्चामा ल्याएको हो । केही समय अघि न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले संयुक्त राष्ट्र संघको बैठकमा नै बच्चालाई दुध चुसाएको भिडियो भाइरल भएको थियो । अहिले फेरी सभामुख यसैगरी भाइरल भएका छन् । यो बुधबारको घटना हो। सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए।

डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीमा छोरा हुन्। सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले आफूले बच्चा समाइदिने बताएका थिए। सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्रायः जिम्मेवार अधिकारीमात्र बस्छन्। तर आज मसँग एकजना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन्।

मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओ अहिले भाइरल बनिरहेको छ। धेरैले उनको यो कामको तारिफ गरेका छन्। मालार्डले दुई वर्षअघि संसदलाई बच्चामैत्री बनाउने कानुन पारित गराएका थिए। अहिले दर्जन बढी सांसदहरू बच्चासहित संसद आउँछन्। केही समयअघिमात्र न्युजिल्याण्ड प्रधानमन्त्रीले गर्भवती हुँदा विदा लिएकी ‍थिइन्। उनी प्रधानमन्त्री हुँदा बच्चा पाउने पाकिस्तानकी बेनेजिर भुट्टोपछिकी दोस्रो महिला हुन्।

https://twitter.com/SpeakerTrevor/status/1164026068078125057?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1164026068078125057&ref_url=https%3A%2F%2Fwww.india.com%2Fbuzz%2Fviral-pictures-of-new-zealands-parliament-speaker-babysitting-an-mps-newborn-son-during-debate-wins-hearts-3752444%2F

सम्बन्धित खबरहरु