काठमाडौं । चीनको दक्षिण–पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । स्थानीय अधिकारीले दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता भएका छन्, उनीहरूको खोजीकार्य जारी छ । बुधबारसम्म सो घटनामा परी २६ बेपत्ता भएका थिए ।

देशको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मंगलबारबाट मुसलधारे वर्षा सुरु भएको अधिकारीले जनाएका छन् । बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सुरु भएको प्राकृतिक प्रकोपबाट अन्य ६ जना घाइते भएका थिए भने १ लाख बढी विस्थापित भएका थिए । एजेन्सी

सम्बन्धित खबरहरु