सम्झना पौडेल । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्मह'त्या गरेसँगै त्यसमा नाम जोडिएका पात्रहरुको बिषयमा सडक देखि सदन सम्म चर्को आवाज उठिरहेको छ । प्रहरीले टेलिभिजनका प्रस्तोता रवि लामिछाने र युवराज कँडेल सहित नर्स भनिने अस्मिता कार्किलाई पक्राउ गरी ५ दिन हिरासतमा लिएर अनुसन्धान गरेपछि फेरी ५ दिनको लागि म्याद थप्यो । उनीहरुमाथि आत्मह'त्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान भैरहदाँ सामाजिक सञ्जालमा यस बिषयले निकै चर्चा पाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको थियो । आत्मह'त्या गर्नुअघि पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने , कँडेल र कार्किले पछिल्लो पटक धेरै या'तना दिएको भनेका छन् ।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् । त्यस बिषयमा मैले पनि सामाजिक सञ्जालमा आफ्ना केही अभिव्यक्ति राखेको थिएँ । तर चर्को विरोध पछि हटाइदिए । हुनत यस भन्दा अगिपनि उनै लामिछानेको पत्निसँगको बिषयमा सञ्जालमा लेख्दा मार्ने सम्मको धम्किहरु सहनु परेको थियो । लोकतन्त्रमा फरक विचार राख्न पाउनु सबैको अधिकार हुन्छ ।

 

कहिले घरमा एक बुढि हुँदाहुँदै अरुसँग सल्केर बच्चा जन्माउने, कहिले डिभोर्स गरेर अर्कीसँग इन्गेजमेन्ट गर्ने लामिछानेनै आफुलाइ आत्मह'त्या गर्न दुरुसाहन गरेको म'रेर जाने व्यत्तिले भन्दा भन्दै पनि सामाजिक सञ्जालबाट धम्किपुर्ण,अश्लिल भाषा प्रयोग गर्दै गालि गलौज गर्नेहरु धेरै भेटिए । हुनत म'रेर गएको मान्छे हो अब फेरी सालिकराम जिउँदो भएर आफ्नो धारणा राख्न सक्दैनन भनेर होला सायद लामिछानेको पक्षमा धेरै मानिसहरु उभिएको ।

अमेरिका जस्तो देशमा बसेकै बेला नेपाल आएका रबि लामिछाने नेपाल किन आए ? के का लागि ? उनलाइ कसैले केही सोध्न पाइदैन ? मृतक पुडासैनिले मासिक १ लाख आफ्नो कम्पनि बाट खान छाडेर किन १५ हजार खान गयो भन्नेहरुले रविले मासिक ७ ÷८ लाख खान छाडेर नेपाल किन आए भनेर सोध्न सक्दैन ? तर हजारौं नारा भित्र सालिकको ह'त्यारालाइ कार्वाही गर भनेको सुनिएन ???

गएको असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै आत्मह'त्या गरेकी रामेछापकी २७ वर्षीया बिमला तामाङले आफ्नो सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले बाध्य पारेको भन्ने आधारमा आत्मह'त्या गर्न दुरुत्साहन पारेको भन्दै मृतक तामाङका परिवारले प्रहरीमा ती तीन जनाविरुद्ध किटानी जाहेरी दिएकोमा प्रहरीले सोही सुसाइड नोटलाई आधार मानी जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले कारागार चलान भएका छन् । यथार्थता थाह भएकै हो ।

तर नेपाली लहडी जमात । मानेनन् । यिनै ब्यत्तिहरुको कारण मर्नुपर्यो भनेर पिडित पत्रकारले देह'त्याग गर्दा किन यत्रो रोइलो ? कुनै मान्छेलाई रवि लामिछानेले कुटीकुटी मारे पनि कुस्ति खेल्दा म'रेको हो भन्न पनि पछि पर्दैनन् उनका समर्थक ! यस्तो परिवेशमा जिउँदो शालिकरामले रवि लामिछाने विरुद्ध लडेर न्याय पाउँथे भनेर सोच्न पनि सकिन्न । रुवाईका आफ्नै कथा र व्यथा हुन्छन् !

डलरको लोभले दुनिया नाजायज न्युज बनाउने युट्युवेहरु पनि दोषी हुन । भिडियोमा जबरजस्ती बोल्न लगाइएको र ह'त्या भयो भन्नेहरुले अब ह'त्या कस्ले गर्यो त देखाउन सक्नुपर्छ । केही–केही कहिल्यै नाम नसुनेको र नदेखेको,केहि–केहि अश्लिल र नभएका कुराहरु बढाइचढाई मात्रै राखेर भ्यूअर कमाउने यट्युवहरुले त झनै मनलाग्दि समाचारहरु हाले भने केहीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै यति लाइक गरौ, शेयर गरौ भन्दै थरीथरीका पोष्टहरु पोष्टिय । तस्बिर हेरियोस् कसरी आयो आँखामा मान्छे के यो सम्भव छ ? के त्यो मान्छे ह'त्यारा हो ?

यदी कुनै समुहले त्यस्तालाई ह'त्यारा मानि आबेग मा घटना घटायो भने जिम्मा लिने कस्ले ? किन चरित्र ह'त्या गरियो ? के आँखामा साँच्चै ह'त्यारा देखिएको हो ? यो तस्बिरबाट मान्छेमा पर्ने भ्रमको चिरफार गर्ने कस्ले ? अर्को तस्बिर हेरियोस् के रेणु दहाल् र ..... हो ? रेणु दाहाल को स्तर पद के हो ? के भन्न खोजेको हो ? के रेणु दाहाललाई पैसा मा चलाउन पाइने हो त्यो कुरा को अर्थ के ? के हो त्यो कुरा को अभिप्राय् ?सामाजिक सन्जालमा यो शब्दले बोल्दा के राम्रो लाग्छ ? के गतिला कुरा आउँदै छन् समाजमा ? अर्को तस्बिर हेरियोस के करिस्मा मानन्धर अबुझ र.....हो ? यसको अर्थ के ? अब करिस्मा ले आफ्नो अभिब्यक्ती प्रस्तुत नै गर्न नपाउने ? के फरक मत राख्ने जो कोही महिला तल्लो स्तर कै हुन्छ ?

अर्को तस्बिर मुल्याङ्कन गरियोस् प्रचन्ड रेणु नेकपा को एउटा पत्रकार लाई जेल हाल्ने योजना हो ? कस्ले पत्ता लगायो यो कुरा को हो त्यो न्यायधिस ? यो भ्रम छरेर, भ्रम पारेर समाज कता मोडिदैछ ? के जस्ले जे बोल्दा नि हुने जे गर्दा नि हुने ? आत्मह'त्या अघि को भिडियो हेर्दा उनी पिडित थिए भन्ने प्रस्ट हुदाहुँदै पनि नानाथरी कुतर्क जरुरी छैन । नेपाल बाहिर बसेर यस्ता सामाग्री भाइरल गर्नेहरुलाई कानुनी र कुटनीतिक च्यानलबाट कारवाहीको दायरामा ल्याइनुपर्छ ।

'फेसबुक,युटुब लगाएतमा अनावश्यक टाइटल हालेर मिडियाको अस्तित्व सक्नेहरुको ताति उतिकै छ । सुचना को हक को प्रत्याभूति गराउछु भनेर पत्रकारिता गरेका कयौ पत्रुकार एक पेग र बोइलर कुखुरा मा बिगेर भ्रम खडा गर्ने देखि बलत्कारी , भ्रास्टचारी बचाउने सम्म को घृणित काममा लागेको पनि छन। मेरो कोहि प्रती कुनै आग्रह छैन न त पुर्बाग्रह नै। पुडासैनिलाई कायर, पागल, सन्की भनेर आरोप नलगाउनुस ।

समाज को अन्याय , अ'त्याचार र बिभेदले पनि डिप्रेसन भएका सयौ मानिस छन । अनि डिप्रेसन को अन्तिम स्टेज आत्मह'त्या हुनसक्छ । मलाई विश्वास छ न्याय मर्ने छैन । पुडासैनीलाई न्याय पाउनुपर्छ । न्यायालय नभएको हाम्रो देश पक्कै होइन तर थुप्रै मुद्दाहरूले न्याय नपाएको पक्कै हो । अब सहि निर्णाय र सहि न्याय हुने होला कि भन्ने आशा सबैले गरेका छन् नत्र विश्वास गर्ने बाटो नरहला । (पौडेल स्वतन्त्र पत्रकार हुन ।)

सम्बन्धित खबरहरु