काठमाडौं । आज हिन्दुहरुले कृष्णाष्टमी पर्व धुमधामका साथ मनाएका छन् । विभिन्न कृष्ण मन्दिरहरुमा पुगेर भक्तजनहरुले दर्शन पनि गरेका छन् । यो बीचमा कृष्ण मन्दिरमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ ।

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच भागदौड भएको हो ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिहरुको मृत्यु भएको हो । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल लगिएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन । एजेन्सी

सम्बन्धित खबरहरु