काठमाडौं । नेपाली फुटबल टोलीको कप्तानी सुजल श्रेष्ठले पाएका छन् । मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा उनी कप्तान छनोट भएका हुन् । यो उनको जीवनमा आएको ठूलो उपलब्धी हो ।

विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । किरण लिम्बु र रोहित चन्द विदेशी लिगमा रहेको र विराज महर्जन टिममा नपरेपछि सुजनले कप्तानीको अवसर पाएका हुन् ।

सम्बन्धित खबरहरु