अब कर्मचारीलाई देशका प्रदेश घुम्न तलब बराबर पैसा : पैसा बुझ्यो, हप्तादिन घुम्यो


पोखरा । गण्डकी प्रदेशका कर्मचारीलाई सरकारले देशका विभिन्न प्रदेश घुम्न विशेष सुविधा दिएको छ । उसले अब प्रदेश घुम्न पठाउने भएको छ । त्यो पनि सरकारी खर्चमा । गण्डकी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई गाउँठाउँ घुमाउन यस्तो योजना ल्याएको हो । बिदा पर्यटनको नीति लिएको गण्डकी प्रदेशले कर्मचारीलाई घुमाउन ९० लाख बजेट पनि बिनियोजन गरेको छ ।

 

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहेको छ । त्यसैलाई सघाउ पुर्‍याउन र कर्मचारीलाई देश घुम्ने बानी बसाल्न बिदा पर्यटनको नीति लिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । बिदा पर्यटनको कार्यविधि पनि पारित भइसकेको छ । कार्यविधिअनुसार कर्मचारी घुम्न जाँदा तलब काटिँदैन । उल्टै पैसा पाउँछन् । कर्मचारीको तहअनुसार सुरुको नियुक्ति लिँदाको तलवमान बराबरको पैसा पाउने कार्यविधिमा छ ।

घुम्न जाने कर्मचारीले आफूले चाहेको प्रदेशभित्रको गन्तव्य छनोट गर्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । मन्त्री लम्सालले भने, ‘बिदा पर्यटनमा जाँदा कार्यालयमा असर नपर्ने गरी स्विकृत गराएर व्यक्तिगत वा सामूहिक रुपमा पनि कर्मचारीहरु जान सक्ने छन् ।’ कर्मचारीलाई बिदा पर्यटनमा पठाउनुअघि कार्यालयहरुले वार्षिक कार्ययोजना पठाउनुपर्ने छ । कार्ययोजना अनुसार बिदा पर्यटन सुरु भएपछि घुम्न जाने कर्मचारीले एक जना परिवारका सदस्य पनि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता