हिरासतमा भएका रवि लामिछानेको गोप्य अडियो बाहिर आयो


काठमाडौ । पछिल्लो समय चर्चित सञ्चारकर्मी रवि लामिछाने लगातार आफु हिरासतमा सुरक्षित नभएको बताउँदै आइरहेका छन् । अहिले लामिछाने निर्दोष रहेको जिकिर गर्दै स्वतस्फुर्त जमात सडकमा उत्रिएको छ भने सामाजिक सञ्जालहरुमा पनि चर्चाको विषय यही बनेको छ । थुनामै राखेर अनुशन्धान गर्ने जुन आदेश अदालतले दियो, यसलाई बुद्धिजिवी बर्ग र सर्बसाधारणहरुले चर्को आलोचना गरिरहेका छन् ।

अपराधी जसरी ब्यबहार गरेर लामिछानेलाई थुनामा राख्नु गैरन्यायीक तथा सामाजिक प्रतिष्ठामा आँच पुग्ने धेरैले बताएका छन् । लामिछाने र अर्का सहकर्मी युबराज कँडेललाई समाचार कक्षबाट पक्राउ गरेकोप्रति विभिन्न संचार संस्था तथा पत्रकारहरुले बिरोध गरिरहेका छन् । यसले प्रेस स्वतन्त्रताप्रति सरकारको नियत सही नदेखिएको आरोप धेरैले लगाएका छन् । पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्नु आँफैमा निकै खेदजनक कार्य भएको संचारकर्मीहरुको भनाई रहेको छ ।

रविका सर्मथकले पुडासैनी घटनामा फँसाउने खेल खेलेको आरोप लगाइरहेका छन् । रवि आफुलाई पत्रकार भन्न रुचाउँदैनन्, उनि आफु एक कार्यक्रम प्रस्तोता भएको बताउँछन् । भ्रष्टाचार, ढिलासुस्ती, करणी, बिभिन्न अपराध, दलालीकरण क्षेत्रमा लागेका खराब ब्यक्ति बिरुद्ध खरो र इमान्दार ढंगले आफ्नो कार्यक्रम मार्फत लामिछानेले सुचना प्रवाह गर्दै आएका कारण नै आज यो भिड सडकमा देखा परेको हो । नेपालको सञ्चार क्षेत्रमा धेरै दर्शक कमाएको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमलाई बन्द गराउन केहि बिरोधी तत्वले खेल खेलेको रवि सर्मथकको बुझाई रहेको छ ।

बिभिन्न मिडियादेखि सामाजिक सञ्जालका लाखौं स्रोता, दर्शक र पाठकले रवि लामिछानेलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनको रिहाईको माग गर्दै देशका प्रमुख शहरहरुमा मात्रै नभई विदेशमा रहेका नेपालीहरुले पनि प्रदर्शन शुरु गरेका छन् । पक्ष र विपक्षमा खडा भएको जनमतले रवि लामिछानेलाई निर्दोष वा दोषी प्रमाणित गर्न सक्दैन । उनी उभिएको सत्यको जग नै उनलाई बचाउन निर्णायक हुनेछ ।

राजनीतिमा भिडले निर्णयहरू प्रभावित पार्न सक्छ तर अपराधको फैसला तथ्य प्रमाणले गर्नुको विकल्प हुँदैन । अहिले उनले एक पत्रकारसँग हिरासतमा गरेको कुराकानीको अडियो भाइरल भइरहेको छ । यसमा उनले आफुलाई अहिले डर लाग्न थालेको भनेका छन् । जसले अनुसन्धानमा रहेको भिडियो अरुलाई दियो उसैले यो मुद्धा हेरिरहेको हुँदा आफुलाई शंका लागेको बताए । उनले त्यहाँ भएका अन्य प्रहरीहरुले ‘तपाईमाथि अन्याय भयो’ भन्ने गरेको उनले सुनाए ।

आफुलाई पुर्व योजना अनुसार फसाउन खोजिएको भन्दै भोली आफुलाई इन्काउन्टर पनि गर्न सक्ने कुरामा शंका लागेको उनले बताए । कार्यक्रम बन्द हुँदा धेरैको समस्या समाधान हुन नसकेको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् । आफुले सरकारलाई धेरै कर तिर्ने गरेको पनि सुनाए । यो सँगै उनलाई हिरासतमा सामान्य व्यवहार भइरहेको उनले जानकारी दिए । अहिले आफुले किताबहरु अध्यन गर्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर