काठमाडौ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १२ स्थित टसनपुरबाट भाद्र ६ गते एपीएफ टोलीले एक सय ४० वटा खसीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षिय केशव घर्तिमगर र सोही नगरपालिका २ बस्ने २२ वर्षिय डम्बर ठकुरी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट अवैध रुपले ना ६ ख ९४९२ नम्बरको ट्रकमा उल्लेखित खसी राखेर ल्याउँदै गरेको अवस्थामा उक्त ट्रकका चालक तथा सहचालकलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित खसीसहित सो ट्रक समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद खसी तथा ट्रकसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बझाएको छ ।

उक्त खसी तथा ट्रकको भन्सार दाखिला मुखल्य करीव ४९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले भाद्र ६ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको २० वटा
खसी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त खसी एपीएफ टोलीले कैलाली जिल्लाको टिकापुर नगरपालिका ६ स्थित बेलुवाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौला कैलालीमा बुझाएको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालिझोडाबाट एपीएफ टोलीले भाद्र ६ गते करीव एक लाख ८७ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान तथा मोटर पार्टस् एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बझाएको छ ।

सम्बन्धित खबरहरु