सशस्त्र प्रहरी बल नेपालद्वारा देशभर रक्तदान कार्यक्रम


काठमाडौ । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय लगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा भाद्र ०६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा सबै ठाउँमा गरी करीब १२ सय २२ पिन्ट रगत संकलन भएको छ ।

 

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गर्नुभएको छ । सशस्त्र प्रहरी ऐन जारी भएको दिन सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्ने कार्यको थालनी गत वर्षबाट गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान कार्यक्रममा सहभागीता जनाउनु भएका सबैप्रति आभार प्रकट गर्नुहुँदै विगतमा रगतको अभावमा बिरामीले सास्ती व्यहोर्नु परेको अवस्था समेत रहेको यथार्थ स्मरण गर्नुहुँदै केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकियो भने त्यो नै सवैभन्दा ठूलो सेवा हुने बताउनुभयो ।

उहाँले रगतको अभावमा जीउ जोखिममा पर्नसक्ने नागरिकलाई रगत प्रदान गर्नेतर्फ ध्यान पु¥याउँदै आम नागरिकहरुलाई रक्तदान गरी जीवनदान दिनुपर्छ भन्ने अभियानका साथ संगठनले रक्तदान कार्यक्रमलाई देशब्यापी रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’मा स्थानीय भद्रभलादमी, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ, सशस्त्र प्रहरी कर्मचारीहरु तथा अन्य महानुभावहरुले रक्तदान गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु बासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा र शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता