भक्तपुर । शिक्षकक सेवा आयोगबाट जेठ २ गते प्रकाशित अध्यापन अनुमतिपत्रको विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उमेद्वारहरुको प्रवेशपत्र ( हाल प्रिन्ट नहुने ) मा विज्ञापन नम्बर, तह विषय(रोल नम्बर बाहेक)समेत राखिएको सूचना प्रकाशित भएको छ ।

उमेद्वारले आयोगको वेबसाइटwww.tsc.gov.np खोली प्रवेशपत्रको preview गर्न सकिनेछ । उक्त प्रवेशपत्रको preview मा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर रआबश्यक कागजातहरु(पासपोर्ट फोटो र दस्तखत अनिवार्य फर्मेटमा) संलग्न गरी ३ (तीन)दिन भित्र आयोगको इमेलमा लेखी पठाउन पनि आयोगको सूचनामा भनिएको छ ।

सम्बन्धित खबरहरु