एजेन्सी । हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ । सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ ।

बोसो लागेपछि मानिसको लुक्स त खराब हुन्छ नै साथै यो हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुँदैन । यसैले यसबाट छिटो छुटकारा पाउन जरुरी छ । आमरुपमा यस खालको बोसो जम्ने कारण खानपान र एक्सरसाइजको कमी हो । कम्मर र पिठ्युमा जम्ने यो बोसोबाट सजिलै राहत पाउन सकिन्छ । आउनुहा केही यस्ता तरिका जानीराखौं जसलाई अपनाएर तपाईं यस खालको बोसोलाई घरमै सजिलैसँग घटाउन सक्नुहुन्छ ।

पुलअप गर्नुहोस् : यो आँफैमा एक सम्पूर्ण एक्सरसाइज हो किनभने यसले पुरै शरीरलाई फाइदा पुग्छ । पुल अप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरु तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।

पुल अप्स गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुहोस् । हत्केला अगाडि बनाउनुहोस् र हत्केलामा काँध र पाखुराको बल लगाएर पुरै शरीरलाई माथितिर खिच्नुहोस् । २ सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउनुहोस् र फेरि माथि खिच्नुहोस् । सुरुवातमा तपाईं जति पटक गर्न सक्नुहुन्छ त्यतिपटक यो एक्सरसाइज गर्नुहोस् ।

पुसअप गर्नुहोस् : पुस अपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन । तपाईं जहिले पनि र जहाँ पनि पुसअप गर्न सक्नुहुन्छ । यदि सुरुवाताम समस्या हुन्छ भने जबरजस्ती नगर्नुहोस् । बरु सुरुमा जम्मा ४र५ पुसअप मात्रै गर्नुहोस् । बिस्तारै तपाईं यसलाई बढाएर ३० देखि ५० पटक सम्म गर्न सक्नुहुन्छ ।

पुस अप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउनुहोस् र पेटको बलले सुत्नुहोस् । त्यसपछि आफ्नो पुरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुहोस् । हात सिधा राखेर शरीरलाई माथि उठाउनुहोस् । ध्यान राख्नुहोस् यो स्थितीमा तपाईंको शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुहोस् । तल आँउदा सास भित्र खिच्नुहोस् गर्धन हल्का माथि राख्नुहोस् र पुरै ध्यान छातीमा लगाउनुहोस् । जब तपाईंको छातीलिे हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुहोस् । तल आरामसँग जाुनहोस् र माथि थोरै तेज रुपमा जान सक्नुहुन्छ ।

उठबस गर्नुहोस् : कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात स्क्वाट । यसको लागि दुवै हात अगाडि तर्फ राख्नुहोस् । सीधा उभिनुहोस् र छाती थोरै बाहिर निकाल्नुहोस् ।

आफ्नो घुँडालाई मोड्दै यसरी बस्नुहोस् जसरी तपाईं कुर्सीमा बसिरहनुभएको छ । आफ्नो घुँडालाई पन्जाको समानान्तर नै राख्नुहोस् । त्यतिखेर सम्म तल झुक्नुहोस त्यतिखेर सम्म तपाईंको जाँघ जमीनको समानान्तर नहोस् । माथि आउँदा सास छोड्नुहोस् । यो धेरै सजिलो छ र सजिलोसँग गर्न पनि सकिन्छ ।

प्लेक एक्सरसाइज गर्नुहोस् : प्लेक पनि कैयौं किसिमका हुन्छन् यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ । प्लेक गर्नको लागि पेटको बलमा जमिनामा सुत्नुहोस् र टाउकोलाईर् जमिन छुन दिनुहोस् । अब शरीरको माथिल्लो भाग कुहिनोको भरमा जमिनबाट माथि उठाउनुहोस् । खुट्टालाई पञ्जाको बलमा टिकाउनुहोस् र फेरि आफ्नो पेट वा जाँघलाई माथितर्फ उठाउने कोसिस गर्नुहोस् । २० देखि ३० सेकेण्ड यसै स्थितीमा रहनुहोस् र फेरि सामान्य हुनुहोस् । यसलाई दुईदेखि तीनपटक गर्न सकिन्छ ।

एक्सरसाइजसँगै खानपानमा ध्यान दिनुहोस् : माथि उल्लेखित एक्सरसाइजहरुबाट छिटोभन्दा छिटो लाभ पाउनको लागि ३० देखि ४० मिनेट सम्म अन्य काम पनि गर्नुहोस् । केही अन्य कार्डियोभास्कुलर वर्कआउटबाट तिव्र रुपमा हिँड्ने, जगिङ, स्विमिङ साइक्लिङ गर्नुहोस् । यस क्रममा धेरै मेहनत गर्ने कोसिस गर्नुहोस् । त्यसैगरि स्वस्थ रहन र बोसो घटाउन चाहनुहुन्छ भने खानपानमा विशेष ध्यान दिनुहोस्, पौष्टिकताले भरपुर आहारको सेवन गर्नुहोस् । फास्टफुड, जंकफुड, तेलैतेलमा तारिएको वा भुटिएको खानाको सेवन नगर्नुहोस् ।
एजेन्सी

सम्बन्धित खबरहरु