काठमाडौं । हिन्दु महिलाहरुको विशेष महत्वको रुपमा लिइएको तीज पर्व नजिक आउँदैछ । यो बीचमा यस्ता पर्वहरुमा विभिन्न दुर्घटनाहरु हुने गरेका छन् । गएराती छिमेकमा तिजको रमझममा पुगेका दाङ्गका एक व्यक्ति आज पानीको तलाउमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

बिहानै पौने ९ बजेको समयमा मानव निर्मित ड्याम (तलाउ) मा डुबेको अवस्थामा घोराही उपमहानगरपालिका–१८ गिठेपानीका ५० बर्षीय देउचन रोका मृत फेला परेको दाङ्गका प्रहरी प्रवक्ता डीएसपी विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

उनी गएराती साँझ छिमेकमा तिजको गित नाच हेर्न गएको भन्ने बुझिएको छ । उनको मृत्यु शंकास्पद देखिएको भन्दै थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु