रवि कुनै व्यक्ति नभई शक्ति भएको भन्दै समर्थकले दिए सरकारलाई यस्तो चेतावनी


काठमाडौं । शालिकराम पुडासैनी जीवनत्याग प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँ लगायत देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भएको छ । उनका समर्थकहरुले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । काठमाडौँको नयाँ बानेश्वरमा ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेलाई निर्शत रिहाइको माग गरेका छन् ।

नयाँ बानेश्वरमा भेला भएका समर्थहरु रविको समर्थनमा ना,राबा,जी गरेका थिए । लामिछानेका पुर्व सहकर्मी समेत्त रहेका पुडासैनी तत्कालिन समयमा माउन्टेल टेलिभिजनमा कार्यरत थिए । उनको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरी हिरासतमा छन् ।

उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ । शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले जस्वनत्याग गर्न बाध्य पारेको आरोप लगाएका छन् । उक्त भिडियोका आधारमा जीवनत्याग दुरुत्साहनको अभियोगमा लामिछानेससहित तीनैजना पक्राउ परेका हुन् ।

तर रवि समर्थकहरु भने यो घटनामा उनको कुनै दोष नरहेको दाबीसहित फसाउन नहुने भन्दै लगातार प्रदर्शनमा उत्रदै आएका छन् । आज काठमाडौंमा भएको कार्यक्रममा गृहमन्त्री राम बहादुर थापाको राजीनामा पनि मागिएको छ । रवि कुनै व्यक्ति नभई शक्ति भएको भन्दै सरकारलाई यस विषयमा हेक्का राख्न पनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर