काठमाडौ । पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले आज एउटा कुराको खुलासा गरेका छन् ।

उनले नेपाल सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गर्ने सरकारलाइ कालोबजार नियन्त्रणको नैतिक अधिकार नभएको दावी गरेका छन् । यस्तै यस्तो लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन उनले भनेका छन् । उनको स्टाटस यस्तो छ :

५४ रूपैयामा किनेकेा पेट्राेल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० कराेड नाफा गर्ने सरकारलाइ कालाेबजार नियन्त्रणकाे नैतिक अधिकार छैन । यस्ताे लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ
नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिनुभयो ।

“कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उहाँले भन्नुभयो । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।

एउटा दमकलका लागि कम्तीमा छ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिनुभयो । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ ।

परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताउनुभयो । उहाँले यहाँका दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्याससमेत भएको उल्लेख गर्नुभयो ।

बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।

सम्बन्धित खबरहरु