काठमाडौं । पछिल्ला दिनहरुमा ठुला सवारीको दादागिरी बढ्दै गएको छ । बुटवलको ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई कि,च्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसै करिब १ः१५ बजेको समयमा साइकललाई ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु भएको हो ।

 

 

ज्यान गुमाउनेको परिचय पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटी रहेको छ । सोहि स्थानका ३६ वर्षीय थम्मन बहादुर रासकोटी घाइते भएका छन् । उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

सम्बन्धित खबरहरु