काठमाडौं । अहिले हरेक नेपालीहरुको चाउचाउ एकदमै मनपर्ने खाजा हो ।

बच्चा देखि वृद्ध सबैले यसलाई खान्छन् । कतिले सुप खान्छन त कतिले त्यसै पनि खाने गरेका छन् ।

चाउचाउ खानु आफैंमा राम्रो होईन् । यसले हाम्रो हाडजोर्नीहरुमा गम्भीर खालको समस्या देखाउँछ । यो बीचमा चाउचाउ खाएर धनुषामा एक बालिकको मृत्यु भएको खबर बाहिर आएको छ ।

शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सँगै सुतेका थिए ।

आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चाउचाउ खाएका आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको छ । आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ ।

अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको लाश पोष्ट,मार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ ।

बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सम्बन्धित खबरहरु