आज वि.सं. २०७६ भदौ ८, आइतबार. इ.स. २०१९ अगस्ट २५, शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने,सं, ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। दशमी तिथि देखि वि.सं. २०७६ भदौ १४. शनिबार, इ.स. २०१९ अगस्ट ३१, शकसंवत् १९४१ परिधावी संवत्सर। दक्षिणायन।

वर्षा ऋतु नेसं ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। प्रतिपदासम्मको राशिफल प्रस्तुत गर्दैछौ । यो हप्ता भदौ १३ गते औंसी ( बुबाको मुख हेर्ने दिवस, कुशे औंसी, मोतीराम जयन्ती, दर्शश्राद्ध, मन्वादि, हलो बार्ने, निशि बार्ने दिन पर्दछ । त्योको भोलीपल्ट १४ गते प्रतिपदा, गुँलाधर्म समाप्ति, चन्द्र उदय पर्दछ । आउँनुहोस् सुरु गरौँ यो हप्ताभरी कुन राशिको कस्तो ।

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेष राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता साझेदारी कामकारोवारमा फाईदा मिल्नुका साथैं नयां कार्यको शुभारम्भ हुनेछ । शारीरिक सुख, उमङ्गता पैदा भई नया कार्यको आरम्भ हुनेछ । अध्ययनमा सफलता मिल्नेछैंन । बैदेशीक कार्यमा अधुरो रहनेछ । आय आर्जनमा अवरोध सृजना हुने नै छ । पेटको रोगले सताउने छ । हतियार, साधन चलाउदा अलि होसीयार रहनु पर्ने देखिन्छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) बृष राशी भएका ब्यक्तिलाई भाद्र महिनाको दोस्रो हप्ता दाजुभाईको साथ सहयोगमा कमि मिल्नेछ, मनमा नैराश्यता गराउने छ । पारीवारीक विवाद सृजना हुनेछ , अनावश्यक काम, दौडधुप, पेटसम्बन्धी समस्याले सताउनेछ । मानसीक चिन्ता समेत आई पर्नेछ , दामपत्य जीवनमा सुखमय रहनेछ । नया कार्यको थालनी, धर्मकर्ममा मनलाग्नेछ । राज्यपक्षवाट फाईदा नै मिल्नेछ । सञ्चित धन रोग व्याधीमा खर्च, चोटपटकको सम्भावना बढेर गएको छ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) मिथुन राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता पारीवारीक सुख मिल्नुका साथैं बैदेशीक यात्राको अवसर मिल्नेछ । राज्यपक्षबाट काम बन्नेछ, धार्मिक यात्राको अवसर मिल्ने नैं छ । मानसम्मान मिल्नेछ । नयां कार्यको आरम्भका प्रसस्त बाटाहरु खुल्नेछन् । शारीरिक दुःखकष्ट, रोगले सताउने देखिन्छ ।आर्जनमा अवरोध रहेको छ, पेशा व्यवसायमा नोक्सान व्यहोर्नु पर्नेछ । चोटपटकको सम्भावना पढेर गएको छ । पारीवारीक सुखमा कमि मिल्नेछ अध्ययनमा अवरोध सृजना हुनेछ ।


कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कर्कट राशीका भाद्र महिनाको दोस्रो हप्ता आर्थिक हिसावले शुभ रहेको छ । अध्ययनमा सफलता मिल्ने नै छ । राजनीतिक क्षेत्रमा उत्तम रहेको छ । दामपत्य जीवनमा सुख प्राप्त मिल्ने नै छ । घर गृहको सुखमा कमि, यात्राको अवसर प्राप्त हुनेछ । राज्यपक्षवाट दुःख कष्ट, अपमान व्यहोर्नु पर्ने देखिन्छ । ब्यापार कारोवारमा यस हप्ता त्यती राम्रो छैन सियर लगानीको कारोवार उचित छैन । विरोधी पक्षलाई परास्त हुनेछन् । शारीरिक सुखमा कमि, दुःखकष्ट रोग व्याधीले सताउने शत्रुवाट पिडा हुनेछ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) सिह राशीका भाद्र महिनाको दोस्रो हप्ता विद्यामा हानी, धन खर्च हुनेछ यात्रामा हानी हुनेछ । आर्थिक हिसावले त्यति राम्रो छैन । नयां कार्यको आरम्भ गर्नु तपाईलाई राम्रो हुनेछ । पर्यटकीय क्षेत्रमा तपाईलाई उन्नती रहनेछ । पारीवारीक सुख मिल्नेछ । पेशा व्यवसायमा हानी नोक्सानी व्यहोर्नु पर्ला । अध्ययनमा निराश हुनु पर्नेछ । पेटको समस्याले सताउदा दुःख पाउनु पर्नेछ । यात्राको अवसर मिलेता पनि झन्झटीलो यात्रा हुनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो) कन्या राशीको लागि भाद्र महिनाको दोस्रो हप्ता अध्ययनमा सफलता, घरगृह तथा कारोवारमा लाभ हुनेछ । पेशा व्यवसायमा लाभ हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ, राज्यपक्षवाट सम्मान मिल्नेछ, सरकारी काम बन्नेछन् ।दाजुभाईको साथ सहयोग मिल्नेछैंन, धार्मिक कार्यमा मन कमलाग्नेछ । पारीवारीक दुःख झमेला पर्नेछन् । अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने देखिन्छ, नया कार्यको सुरुवात गर्नु राम्रो छैंन, विदेश यात्राको अवसर मिलेता पनि दुःख कष्ट पाउनु पर्ने देखीन्छ । शारीरीक पारीवारीक संष्कट आई पर्ने छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) तुला राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता दाजुभाईको साथ मिल्नुका साथै शुभ कार्यमा मनलाग्नेछ । ब्यापार, कारोवारमा लाभ दायक, अध्ययनमा सफलता, आयआर्जन बृद्धि, बैदेशीक कार्यमा सफलता प्राप्त हुनेछ । दामपत्य जीवनमा तनाब सृजना हुनेछ । दाजुभाई बिचमा साथ सहयोगमा कमि, नयां कार्यको आरम्भ गर्नु राम्रो हुनेछैन । तपाईलाई रोग, पेट सुलको रोगले सताउनेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) बृश्चिक राशीका भाद्र महिनाको दोस्रो हप्ता धनलाभ भई अध्ययनमा सफलता पारीवारीक सुख मिल्नेछ । अध्ययनमा सफलता प्राप्त, व्यापारमा कारोवारमा सफलता, गृहसुख प्राप्त, दाजुभाई बिचमा सम्बन्ध सुधार, नयां कार्यको आरम्भ हुनेछ, राज्यपक्षवाट सफलता, सम्मान मिल्नेछ भने रोग र चोटपटकले सताउने छ । दुर्घटनाको सम्भावना बढेर जानेछ । सञ्चित धन नोक्सान भएर जानेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) धनु राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता पारीवारीक सुख, धनलाभ हुनेछ । पारीवारीक सुख प्राप्त, भाग्यमा उदय हुनेछ सुख प्राप्त, धन बृद्धि हुनेछ । अध्ययनको कार्यमा अवरोध, दाजुभाईको बिचमा साथसहयोग मिल्नेछैन, ब्यापार व्यवसायमा हानी, आर्थिक दृष्टिले फल दायीक हुनेछैन । बैदेशीक कार्यमा सफलता मिल्नेछ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी) मकर राशीका भाद्र महिनाको दोस्रो हप्ता पारीवारीक सुखमा कमि हुनुका साथैं खर्च बढनेछ । पारीवारीक सुख प्राप्त हुनेछ, उमङ्गता पैदा भई नया कार्यको आरम्भ, धार्मिक कार्यमा मनलाग्ने, दाजुभाई विचमा साथ सहयोग मिल्नेछ, । दामपत्य जीवनमा सुख प्राप्त, अध्ययनमा उन्नती भएता पनि रोग, चोटपटक लाग्न सक्नेछ, आर्थिक क्षेत्रमा हानी हुनेछ । बैदेशीक कार्यमा सफलता प्राप्त हुनेनै छ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द) कुम्भ राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता विरोधीपक्षवाट धनलाभ, सबैंको मान्य मिल्नेछ । धन बृद्धि, कुलकुटुम्बको साथ सहयोग मिल्नेछ, पराक्रम बढनेछ, सार्थीभाई गृह सुख प्राप्त, नयां कार्यको आरम्भ हुनेछ, यात्राको अवसर मिल्ने नैं छ भने अध्ययन कार्यमा अवरोधका साथैं सजगता पूर्वक कार्य गर्नु गर्नु पर्ने देखिन्छ दामपत्य जीवनमा सुखमा कमि, शारीरिक दुःखकष्ट आई पर्नेछ, शरीरको टाउकोमा चोटपटक लाग्ने सम्भावना बढेको छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) मीन राशीका लागि भाद्र महिनाको दोस्रो हप्ता व्यापार कारोबारमा लाभ भई घरगृहको सुख मिल्नेछ । आर्थिक हिसावले उत्तम रहेको छ । शारीरिक सुख प्राप्त, पारीवारीक सुख प्राप्त हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । नया कार्यको आरम्भ हुनेछ । यात्राको अवसर मिल्नेता पनि घर गृहको सुखमा कमि, राज्यपक्षबाट अवरोध, अपमान झमेला पर्नेछ । कसैलाई धन दिएको खण्डमा फिर्ता भएर आउन समस्या हुनेछ ॐ नमोः भगवते वासुदेवाय नमः

सम्बन्धित खबरहरु