काठमाडौं । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेपत्नी निकिता पौडेल ज्योतिष लिएर हिरासत पुगेकी छिन् । प्रहरी हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी हुन् ।

शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् । पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् ।

ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइएको छ । केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए । भदौमै रविको जन्मदिन पर्छ । रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मुद्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् ।

सोही कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् । यस्तै, रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।

रविलाई भेट्न भनेर आज बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए ।

उनीहरू अहिले काठमाडौं फर्केका छन् । दिपकराज गिरीले नेपालजस्तो जस्तो देशमा मर्ने व्यक्तिले सत्य नै बोल्छ भन्ने कुरा सत्य नहुँने भन्दै यो कानुन नै परिमार्जन गर्नुपर्ने बताए ।

सम्बन्धित खबरहरु