काठमाडौं । नेपालमा अहिले नेताहरु उपचारका लागि विदेश जाने क्रम बढ्दै गइरहेको छ । सरकारमा रहेका व्यक्तिहरु पनि उपचारमा नाममा बाहिर जाने गर्दछन् ।

आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् । स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि हातपात गरिएको हो । जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि हातपात गरेका हुन् ।

उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्, आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै हातपात गरेको भिडियो भाइरल भइरहेको छ ।

उक्त हमलापछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन नाइजेरिया सरकारले अनुरोध गरेको छ । एजेन्सी

 

सम्बन्धित खबरहरु