काठमाडौं । नेपाल अहिले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनमा लागेको छ । नेपालको वनजंगल, पशुपंक्षी नै नेपालको ठुलो सम्पती हो । नेपाल प्राकृतिक रुपमा आर्कषणका केन्द्र भएको छ । यो बीचमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा चढेको गाडीले एक पंक्षी मारेको छ ।

 

बुद्धभूमी १ वसन्तपुर सामुदायिक वन क्षेत्रमा जंगली मयुर किचेको छ । शनिबार विहान १०ः३० बजे मन्त्री सवार गाडीले किच्दा मयुरको मृत्यु भएको हो । मन्त्री बास्कोटा अर्घाखाँचीको शितगंगा नगरपालिका उपप्रमुख चढ्ने लु १ झ ४७६ नम्बरको गाडीमा अर्घाखाँचीतर्फ जाँदै गर्दा यस्तो घटना भएको हो ।

तिब्र गतिमा गुडिरहेको डबल क्याप स्कारपियो भित्र मन्त्री सवार रहेको स्थानीयबासीले बताए । वसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह बोगटीले मयुर चरिरहेको देख्दा देख्दै तिब्र गतिमा आएको गाडीले किचेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वन क्षेत्रमा वन्यजन्तु आउने जाने मार्गहरुमा विस्तारै हाक्नुपर्छ ।

तर गाडीको गति निकै तिब्र थियो ।’ वन्यजन्तु मार्नेलाई वन ऐन अनुसार कारवाही गर्न स्थानीयले माग राखेका छन् । घटना लगत्तै इलाका वन कार्यालय गोरुसिंगेले मयुरको मुचुल्का गरेका छन् । शितगंगाको ठाडाँस्थित सामुदायिक रेडियो शितगंगाको उद्घाटनका लागि सञ्चारमन्त्री बास्कोटा त्यसतर्फ गएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

कानुन अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी बाहेक अन्य वन क्षेत्रका पंक्षी मारेमा वा घाइते बनाएमा २० हजार देखि ५० हजार तथा ६ महिना देखि १ वर्षसम्म कैद सजाय दुवै व्यवस्था गरिएको छ ।

सम्बन्धित खबरहरु