ईश्वर बल्लभ उप्रेती / जनबोली । काठमाडौ सिनामंगलमा भयानक दुर्घटना भएको छ ।

बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई हि'र्काएको प्रहरीले जानकारी दिएको छ ।

ट्रिपरको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।

एयरपोर्टबाट आएको बा ३ ख ४३१६ नम्बरको ट्रिपरले विपरित दिशाबाट आइरहेका ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको र ३ जना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिएको एसएसपी सुवेदीले बताए ।

घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । ठक्कर दिने टिपर भागेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु