काठमाडौ । भोली सोमबार सम्भवत चितवन अशान्ति हुने देखिएपछि जिल्ला सुरक्षा समितको बैठक राति नै बसेको छ । राति बसेको समितिको बैठकले भोली बिहान ६ बजेदेखि नै कर्फ्यू आदेश जारी गरेको छ । बैठकपछि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भोलि (सोमबार) बिहान ६ बजेदेखि भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी गरेको सुसचत गराएका छन् । साथै जिल्लाको सुरक्षा व्यवस्थामा थप कडाइ गर्ने जानकारी दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्मह'त्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्धको मुद्धामा भोली थुनछेकको आदेश हुनसक्ने संकेत देखिएको छ । आजै साँझदेखि उग्र बनेका प्रर्दशनकारीले भोली थुनछेक बहसपछि झनै हुलदङ्गा, अशान्ति मच्याउन सक्ने बुझेर प्रशासनले निषेधाज्ञा जारी गरेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

आइतबार राति बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएको स्थानमा पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश गरेको छ। जिल्ला प्रशासन कार्यालयले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारबाही गरिनेसमेत चेतावनी दिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

पाँच जना भन्दाबढी जम्मा हुन नपाउने प्रशासनले तोकेको चार किला यस्तो छः

  • पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म ।
  • पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।
  • उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।
  • दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु