काठमाडौ । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तिन जना हिरासतमा छन् । रबिलाई पक्राउ गर्नु गलत रहेको भन्दै उनका समर्थकहरु चितवन देखि काठमाडौँमा समेत प्रदर्शन गर्दै आएका छन ।

अहिले बढ्दै गएको ब्याप्त ब्यतिथि, अनियमितता, घुसखोरी आदि विषयमा कार्यक्रम संचालन गर्दै सर्बसाधारणको मन जित्न सफल रबि लामिछानेको पक्षमा अहिले पनि हजारौ समर्थकहरु सडकमा छन ।

रबि लामिछानेलाई फसाइएको उनीहरुको बुझाई छ । रबि लगायत अन्य दुईलाई अनुसन्धानका लागि दुइपटक गरेर १० दिन म्याद थप गर्दै हिरासतमा राखिएको छ । यहि प्रकरणमा शालिकराम पुडासैनीको पक्षमा वकालत गर्ने अधिवक्ता स्वागत नेपालले शालिकरामले आत्मह'त्या नै गरेको दावा गर्नुभएको छ ।

पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । अहिले शालिकरामको पक्षबाट वकालत गरिरहनु भएका नेपालले जसरी पनि न्याय दिलाउने बताउनु भएको छ ।

सम्बन्धित खबरहरु