काठमाडौं । चर्चित पत्रकार सालिकराम पुडासैनी प्रकरण हरेक दिन नयाँ मोडमा जान थालेको छ । यस घटनामा मुछिएपछि पक्राउ परेका लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रबि लामीछाने पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ । बयान लगत्तै दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ ।

बहस सकिएपछि अदालतले थुनामा राख्ने धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ । यसैबीच भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार समेत रहेका नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवालीले रवि लामिछानेलाई अनुसन्धान गर्ने क्रममा कसैको दबाब नरहेको बताएका छन् ।

प्रचण्ड लगाएतका नेताहरुको नाम लिएर आन्दोलन गर्नु उचित नरहेको उनको भनाइ छ । उनले रबि लामिछाने आफैँमा एक सक्षम र प्रभावशाली पत्रकार भएको भन्दै उनको कामले नै जनसमर्थन पाएको पनि बताए । विभिन्न विषयसंग जोडेर घटनालाई अतिरन्जित बनाउन नहुने भन्दै उनले प्रहरीले आफ्नो कर्तब्य पुरा गरेको बताए ।

रबि लाइ भिड जम्मा पारेर न्याय खोज्न पर्देन उनले भने उहाँ लोकप्रिय हुनुहुन्छ। सत्य तथ्य छानबिन हुन्छ । रविलाई न्याय माग्ने नाममा धमिलो पानीमा माछा मार्ने प्रयास गरेको उनले बताए । पछिल्ला दिनहरुमा रविलाई फसाउने खेल भइरहेको भन्दै भरतपुर महानगर मेयर रेणु दाहाल र नेकपा अध्यक्ष प्रचण्ड लगायतका व्यक्तिहरुको विरोध हुँदै आइरहेको छ ।

सम्बन्धित खबरहरु