काठमाडौ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले वि'ष खुवाएको खुलासा भएको छ। नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य पात्र हुन्।

कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ। पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।

आचार्यलाई पेडामा वि'ष मिसाएर खान दिएको आशंका गरिएको छ भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ। नेपाल आएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको वा होइन भन्ने वि'षयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।

सोमबार बिहान नेपाल फर्कनुअघि पतञ्जलि योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा वि'ष मिसाएर खुवाएको र सो वि'षयमा अनुसन्धान भइरहेको बताए।

सम्बन्धित खबरहरु