काठमाडौं । चर्चित पत्रकार शालिकराम पुडासैनी जीवनत्याग प्रकरणमा हिरासतमा भएका ३ जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की विना धरौटी रिहा भएकी छिन् ।

उनका समर्थकहरुले चितवनमात्रै नभई देशभर नै आन्दोलन भइरहेको थियो । यो बीचमा रिहा भएपछि चितवनमा पत्रकार भेटघाट गर्ने कार्यक्रम गरिएको थियो । अहिले सामाजिक सञ्जालमा रवि लामिछाने अब राजनीतिमा आउँने हल्ला भइरहेको थियो । यस विषयमा रविले पनि संकेत दिएका छन् ।

आज चितवनमा भएको पत्रकार भेटघाटमा उनलाई जनताले रविलाई देशको उच्च (प्रधानमन्त्री) जस्तो पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले संकेत देखाएका हुन् । उनले राजनीतीमा जानका लागि आफुले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताएका छन् । उनले अहिले तत्काल राजनीतिमा आउँने भन्दा पनि अहिले भएका नेताहरु र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा आफु भएको बताए ।

उनले जनताको भोट लिएर आएका नेताहरुले आफ्नो धरातल बिर्सन नहुने भन्दै आफुले सञ्चारक्षेत्रबाट त्यो काम गर्ने बताएका छन् । आफु अब अझ थप बलियो भएर आउँने उनले बताएका छन् । उनले आफुले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न उनले माग गरेका छन् ।

आजको दिनमा आफु सत्य, तथ्य र निष्पक्ष बाटोमा भएको भन्दै कसैसँग व्यक्तिगत रिसीबी नभएको जिकिर गरेका छन् । आफुले प्रदर्शनका क्रममा हिरासतमा भएका व्यक्तिहरुलाई भेट गरेको उनले जानकारी दिएका छन् । कार्यक्रममा सिधा कुरा जनतासँगका उत्पादक दिपक बोहरा र अर्का पत्रकार युवराज कँडेल लगायतको उपस्थित रहेको थियो । आज नै २ बजे रविले नारायणी किनारमा धन्यवाद सभा गर्ने जानकारी दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु