काठमाडौ । सामान्यतया एउटा सत्य के हो भने मान्छे जन्मेको बेला उत्सव र मर्दा दुःख मनाउने गरिन्छ । तर कहिलेकाँही हाम्रा वरिपरी यस्ता अनौठा घटनाहरु हुन्छन्, जसलाई सजिलै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एउटा घटना बाहिर आएको छ । भएको के भने भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको अन्मित संस्कार आइतबार भारतको राजधानी दिल्लीको निगमबोध घाटमा भएको थियो । यहाँ घटेको एक घटनाले सबैको होस उठाएको छ ।

यस अन्तिम संस्कारमा भाग लिनको लागि ठुल–ठुला नेता व्यापारी लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । यो भिडमा दर्जनौ व्यक्तिहरुको मोबाइल एकैसाथ हराएकोमा सबै चकित बनेका छन् । सत्तापक्ष (भाजपा) सांसद बाबुल सुप्रियो र पताञ्जलिका प्रवक्ता एसके तिजारावालासमेत ११ जनाको मोबाइल एकै पटक हरायो ।

भिआईपीहरुको गोजीबाट कसरी मोबाईल हरायो भन्नेमा केहीछिन् खैलाबैला नै भयो । कतिले कुनै अदृष्य शक्तिको प्रयोग त भएन भनेर आशंका समेत गरे । आइतबार भएको घटनाको सोमबार हिजो मात्रै जानकारी दिइएको छ । उनीहरुले त्यहाँ मोबाईल चोरी भएको दावी गरेका छन् ।

दिल्ली प्रहरी भने ११ जनाको मोबाइल हराएको कुरा मान्न तयार छैन । दिल्ली प्रहरीले दिएको जानकारी अनुसार जम्मा ५ जनाले मोबाइल हराएको कुरा जानकारी दिएका छन् । प्रहरी अहिले घटनाबारे आवश्यक थप अनुसन्धान गरिरहेको छ । प्रहरीले दिएको जानकारीमा भाजपा सांसद समेत ५ जनाको मोबाइल हराएको भनिएको छ ।

यस्तै, तिजारावालाले ट्वीट गर्दै मोबाइलको फोटो, लोकेशन र आईएमईआई नम्बर पनि साझा गरेका छन् । पताञ्जलि प्रवक्ताले ट्वीट गर्दै भनेका छन, ‘दुखी मनका साथ आधुनिक भारतका प्रखर व्यक्तित्व अरुण जेटली जीलाई अन्तिम प्रणाम गरिरहेका थियौ, यो सँगै यो भिडमा मेरो मोबाइलको पनि अन्तिम प्रणाम भयो ।

दुखद यो होकी निगमबोध घाटमा मेरो, सांसद बाबुल सुप्रियोसहित अन्य ९ जनाको मोबाइल चोरी भयो ।’ भारतमा मात्रै नभई विश्वमा नै यस्ता खालका घटनाहरु सामान्य रुपमा विरलै हुने गर्दछन् ।

सम्बन्धित खबरहरु