काठमाडौं । अहिलेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने जनाएका छन् ।

आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए । उनले हजारौं समर्थकका बीचमा भने, ‘मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ति मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुछ ।’ उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए । उनले आफुलाई अफट्यारोमा पर्दा साथ दिएको भन्दै धन्यवाद दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु