काठमाडौ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई निकै सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ ।

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४।५ पैसा लाग्दछ ।

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न ठम्ठन् लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३।५ पैसा मात्र लाग्दछ ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति 28D28G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।

सम्बन्धित खबरहरु