काठमाडौ । झण्डै दुई साता भन्दा लामो समय देखि सिधा कुरा जनतासँग हेर्न नपाएका दर्शकको प्रतिक्षाको घडी समाप्त भएको छ । शालिकराम पुडासैनी प्रकरणमा अल्झेका कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा भए पछि कार्यक्रम यही आउँने शनिबार देखि प्रशारणमा आउँने भएको कुरा उनकी श्रीमती निकिता पौडेलको फेसबुकमा लेखिएको छ ।

लामिछाने र अर्का पत्रकार युवराज कँडेलको मोबाइल प्रहरीले दिएको छैन । उनीहरुमाथी अनुसन्धान अझै जारि रहेका उनीहरुको मोबाईल प्रहरीले फिर्ता गरेको छैन । यही कारण उनीहरुले आफ्नो फेसबुकमा केहीपनि पोष्ट गर्न पाएका छैनन् ।

आज बिहान चितवनमा पत्रकार सम्मेलन गरेका उनीहरुले दिउँसो मात्रै नारायणी किनारमा हजारौंको सहभागितामा धन्यवाद सभा पनि आयोजना गरेका थिए । घाइतेहरुको भेटघाट देखि लिएर जेल भएका समर्थकलाई पनि रविले आज बिहानै भेट गरेका छन् ।

यो सँगै तपाईलाई जानकारी गराउँ रविको समर्थन गर्दा हिरासत पुगेका झण्डै ३८ जना विना सर्त रिहा भएका छन् । रवि धरौटीमा रिहा भएको पछिल्लो दिन आज उनीहरु रिहा भएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु