काठमाडौं । विगतमा जनयुद्धको उद्गम स्थलको रुपमा रहेको रोल्पामा अहिले पनि विप्लव माओवादीको दबदबा कायमै छ । यो बीचमा रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा बम वि'स्फोट तथा आगजनी गरिएको खबर बाहिर आएको छ ।

आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । घटना कसले र किन गराएको भन्ने बारेमा स्पष्ट नभए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सो घटना गराएको आशंका गरिएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अज्ञात समूहले वडा कार्यालयमा बम वि'स्फोट गराउने प्रयास गरेको र वि'स्फोट नभएपछि ढोकामा आगजनी गरेको बताउनुभयो ।

सम्बन्धित खबरहरु