काठमाडौं । आज बिहानै भएको सडक दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो ।

सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ ।

घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको भन्दै मृतकको संख्यामा वृद्धि हुनसक्ने अनुमान गरिएको छ । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु