अर्थमन्त्रिको यस्तो चेतावनी


काठमाडौ । अर्थमन्त्रि युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई सचेत गराउनु भएको छ । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराउनु भएको हो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलबाड भएको बताउनु भएको हो । बैकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिनु भयो । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थ मन्त्रीले आग्रह गर्नुभयो । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा अर्थ मन्त्रि खतिवडाले प्रदेश १मा २ वटा प्रदेश २मा ५ वटा प्रदेश ३मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखा हरुको उद्घाटन गर्नु भएको थियो। शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता