काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बताएका छन्।

सभापति देउवाले बुधबार सरकार प्रजातन्त्रको सबै मुलभूत कुराहरू मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए। सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार विरोधी, प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै सरकारको विरुद्धमा एकजुट हुन आग्रह गरेका थिए।

सभापति देउवाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमको विरुद्ध आन्दोलन भएको पनि बताए। स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरेका थिए।

सम्बन्धित खबरहरु