काठमाडौ । अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको सौन्दर्यतामा समेत आँच आउने गर्दछ । त्यसैले, पछिल्लो समय मानिसहरु यस्ता दाग हटाउन विभिन्न उपाय अपनाउने गर्दछ ।

विशेषगरी, लेजर ट्रिटमेन्ट, सर्जरीद्धारा पनि मानिसहरु यस्ता दाग हटाउन हरसम्भव प्रयास गर्दछन् । यस्ता प्रयास महँगो त हुन्छ नै, कम हुन्छ भन्ने पनि हुँदैन । जबकी केही घरेलु उपाय अपनाएरै पनि चोटका कारण लागेको यस्ता दाग प्राकृतिक रुपमै हटाउन सकिन्छ ।

कागती : शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ । कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ । तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन । कागतीको रसलाई कपासको सहायताले घाउमा लगाउनु पर्छ । यो प्रकृयालाई लगातार एक हप्तासम्म दोहर्‍याएको खण्डमा यो समस्या क्रमश कम हुँदै जान्छ ।

बेसार : बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ । बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ । यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ ।

मह : महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ । महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ ।

काक्रोँ : शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ । काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ ।

चन्दन : चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ । चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ । अब यसलाई चिसो पानीले धुनु पर्छ । यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ ।

एलोभेरा : एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ । यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ ।

समर मेकअप टिप्स

छालाको दाग हटाउने उपाय त थाहा पायौं । अब गर्मीमा कसरी मेकअप गर्ने त्यसको पनि आधारभूत जानकारी यहाँ पेश गरिएको छ ।

डिप अरेन्ज, पल्म अरेन्ज, पिंक, कोरल पिंक, पर्ल रेड आदि रंग गर्मी मौसमका लागि आदर्श मानिन्छन् । मेकअप गर्दा यसमा विचार पुर्‍याउनु राम्रो हुन्छ ।

गर्मी मौसममा कुनै पनि प्रकारको छालामा मेकअप गर्नु कठिन मानिन्छ । तैलीय छालामा बढी कठिन हुन्छ ।

अन्य फाउन्डेसनका तुलनामा क्रिम फाउन्डेसन लगाउन विशेष मिहिनेत गर्नुपर्ने हुन्छ, यसले छालालाई बढी चिल्लो पनि बनाउँछ । त्यसैले तैलीय छाला छ भने क्रिम फाउन्डेसन प्रयोग गर्नुपूर्व मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोइश्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ ।

लिक्वीड फाउन्डेसनको प्रयोग पनि उपयुक्त हुन्छ । यसले छालालाई सुकाउँछ । तैलीय छालामा लिक्वीड फाउन्डेसन निकै कम समय मात्र टिक्छ । त्यसैले यसलाई क्रिम फाउन्डेसनको कवचका रूपमा प्रयोग गर्नु राम्रो हुन्छ ।

तैलीय छालाका लागि पाउडर फाउन्डेसन पनि त्यति राम्रो हुँदैन किनभने यो टाँसेको जस्तो देखिन्छ ।

लिप वाम प्रयोग गर्नु आवश्यक हुन्छ । ओठ नसुके पनि ओठ सुकेको चिह्न नदेखियोस् भनेर लिप वाम प्रयोग गर्नु राम्रो हुन्छ ।

ओठमा कोरल पिन्क वा स्कीन कलर पेन्सिलको प्रयोग गर्नुपर्छ र यसबाट ओठको आउटलाइनलाई सुरक्षित राख्न सकिन्छ ।

गर्मी मौसममा लिपस्टिक प्रयोग गर्नुको साटो लिप टिन्टेड वाम वा ग्लस राम्रो हुन्छ । अरेन्ज वेस्ड लिप टिन्ट वा पिंक वेस्ट लिप टिन्ट प्रयोग गर्न सकिन्छ । गर्मीको मौसममा भाइब्रेन्ट कलरबाट बच्नुपर्छ । यो मौसममा हल्का रंग नै राम्रो देखिन्छ ।

कपर, अरेन्ज कलरजस्ता वार्म स्याडो प्रयोग गर्ने मन छ भने चमक रहित टेक्स्चर भएका आइस्याडो प्रयोग गर्नुपर्छ । चमकदार आइस्याडोको पनि प्रयोग गर्न सकिन्छ तर साँझ र रातिको पार्टी तथा अन्य कार्यक्रमका लागि मात्र उपयुक्त हुन्छ । दिउँसोको मकेअप मेट कलर तथा टेक्स्चरका साथमा राम्रो देखिन्छ र यो छालाका लागि समेत अनुकूल हुन्छ ।
मेकअप गर्दा पाउडर सकेसम्म कम प्रयोग गर्नुपर्छ, अत्यधिक पाउडरको प्रयोगले छालालाई अझ बढी सुख्खा बनाउँछ भने मेकअप बनावटी देखिन्छ ।

आँखालाई आकार दिन आइलाइनर प्रयोग गर्नु राम्रो हुन्छ । अहिले क्याट आइलाइनर प्रचलनमा छ । यसको जेल आधारित स्वरूप राम्रो हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु