काठमाडौं । केही दिन पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई हवाई भाडा छुट दिने बताउनु भएको थियो । उहाँले आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने घोषणा गर्नुभएको छ । तर निजी हवाई सेवा प्रदायकहरुले सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई सरकारलाई बुझाएको हो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।

यो पनि, कार्यविधि नहुँदा मुलुकी अप'राध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । सोही दफामा टेकेर आत्मह'त्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अप'राध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन ।

कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको हो ।पूर्वउपन्यायाधिवक्ता एवं हाल कानुन व्यवसायी रहेका राम घिमिरेका अनुसार देश, काल र परिस्थितिअनुसार वैज्ञानिक सबुतको प्रयोग गर्न सक्ने हैसियत भएका मुलुकमा यस्तो कानुन लागू गर्न सकिन्छ तर नेपालको हकमा स्पष्ट व्याख्या र कार्यविधिको अभाव भएकाले लागू गर्न सकिँदैन । आत्मह'त्या दुरुत्साहन कानुनको कुरा पछिल्लो समय शालिकराम पुडासैनी प्रकरणबाट सुरु भएको हो । अहिले यसबारे बहस सुरु भएको छ । कलाकार दिपकराज गिरी त नेपालमा यो कानुन लागु गर्न गाह्रो भएको बताउँछन् ।

सम्बन्धित खबरहरु