काठमाडौं । वर्षौ देखि अलपत्र आमालाई भेट्न छोरी आएकी छिन् । भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डलकी छोरी अहिले आमालाई भेट्न आएकी हुन् । रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् । ‘रानाघाटकी लता मंगेशकर’ को उपाधि पाएकी रानुले हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ गीतमा स्वर दिएसँगै झनै चर्चामा आएकी छन् ।

अहिले उनको तारिफ नगर्ने भारतमा मात्रै नभई विश्वभर तारिफ भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमानको निधन भएपछि उनी रानाघाट रेलवे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी थिइन् । उनको घर र बस्ने अवस्था थिएन । उनी एक्लै रेलवे स्टेसनमा भिख मागेर बस्दै आएकी थिइन् ।

तर हालै रानुकी छोरी स्वातीले उनलाई भेटेकी छन् । लामो समयदेखि भेट नभएका आमाछोरीको अँगालो हालेको तस्बिर सञ्चारमाध्यमहरूमा छापिएका छन् । स्वातीका अनुसार उनले रानुलाई भेट्न धेरै प्रयास गरे पनि सम्पर्क गर्न सकिरहेकी थिइनन् । रानुको भिडियो भाइरल भएपछि बल्ल उनलाई फेला पारेको उनले बताएकी छन् ।

उनले आफ्नो केही वर्ष पहिले सम्बन्ध विच्छेद भएको भन्दै आमाका बारेमा चिन्ता गर्न नपाएको बताइन् । मुम्बईमा थुप्रै गीत रेकर्ड गराएर रानाघाट फर्केकी रानुले वर्षौंपछि छोरी भेट्दा खुसीले रोएकी थिइन् । जानकारी अनुसार रानुले अब सलमान खानको दबंग ३ मा गीत गाउँने छिन् । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनलाई खानले ५५ लाख भारुको एक घर उपहार दिएका छन् ।

सम्बन्धित खबरहरु