काठमाडौ । अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पैतृक सम्पत्तिमा समेत कर लगाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पैतृक सम्पत्ति हस्तान्तरण गर्दा अर्थात अंश लिदा–दिदा कर लगाउने बारे छलफल सुरु भएको बताएका छन्। पैतृक सम्पत्तिमा कर लगाउने बारेमा अर्थमन्त्रालयभित्र छलफल गरेका अर्थमन्त्री खतिवडाले सार्वजनिक रुपमै करको बहश सुरु भएको बताएका हुन्। सरकारले यो कर कार्यान्वयनमा ल्याए आफ्नो सन्तानलाई सम्पत्ति दिँदा पनि कर तिर्नुपर्छ।

उनले अब गठन हुने राजस्व बोर्डमा पैतृक सम्पत्तिमा कर लगाउने एजेण्डा पनि समावेश हुने जानकारी दिए।‘विश्वव्यापी मान्यतामा पनि सम्पत्ति हस्तान्तरण गर्दा कर लाग्छ। त्यही मान्यताका आधारमा रहेर छलफल गरौं भनेका हौं’ नेपाल चेम्बर अफ कमर्शले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा उनले भने,’यो भोलीनै लगाउने विषय पनि होइन। तर अब गठन हुने राजस्व बोर्डको एजेण्डामा यो पनि पर्छ।’

उनले पैतृक सम्पत्तिमा कति कर लगाउने प्रस्ताव नगरिएको समेत स्पस्ट पारे।‘यो करमा छलफल गरौं। यो ठीक हो कि होइन भनेर बहस गरौं भन्ने हो।यो बहशको सुरुवाती विन्दुमा छ। कुनै दरको विषयमा छलफल भएको छैन’ अर्थमन्त्री डा।खतिवडाले भने। उनले पैतृक सम्पत्तिमा कर लगाउँदा फाइदा हुने जिकिर गरे।

‘सम्पत्ति हस्तान्तरणमा सरकारले निश्चित प्रतिशत कर लगाउँदा त्यो सम्पत्ति औपचारिक हुन्छ,’ उनले भने,’एक पटक करको दायरामा आइसकेपछि तपाईँलाई व्यवसाय गर्न पनि सहज र सुरक्षित हुन्छ।’ अर्थमन्त्री खतिवडाले सम्पत्ति हस्तान्तरणमा कर लिने थालेपछि सरकारलाई समेत अभिलेख राख्न सहज हुने जिकिर गरे।पैतृक सम्पत्तिमा कर लगाउने बहस सतहमा आएपछि उद्योगीरव्यवसायी भने त्रासमा छन्।

यो वहस बहिरिएपछि धेरै उद्योगीरव्यवसायीले विदेशमा लगानी खोज्ने थालेका छन्। माओवादी शान्ति प्रकृयामा आएपछि निजी क्षेत्र उत्साहित भएर लगानी बढाएका थिए।माओवादी जनयुद्धकै कारण खुम्चिएको लगानी शान्ति प्रकृयापछि विस्तारित भएको थियो।स्वदेशमा लगानीको प्रतिकुल वातावरण बन्दा व्यवसायीले विदेशमा लगानीको अवसर खोज्ने गर्छन्।

व्यवसायीहरुका अनुसार पैतृक सम्पत्तिमा कर लगाए त्यसले ‘क्यापिटल फ्लाइट’ बढाउँछ।‘यो कर कार्यान्वयनमा आए उद्योगीरव्यवसायीले मुनाफाका लागि किन दगुर्नेरु’ चेम्बरकै कार्यक्रममा रहेका एक व्यवसायीले भने,’अर्थमन्त्रालयमा छलफल मात्रै भएको कुरा आएको थियो।तर अर्थमन्त्रीले सार्वजनिक रुपमै भनेपछि यसमा कर लाग्ने निश्चित भएको छ।’

सम्बन्धित खबरहरु