काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आत्मह'त्या दु'त्साहन अभियोगमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई आइजीपी खनालले थुनामै भेटेका थिए।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेका हुन् । ‘आत्मह'त्या दुरु'त्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयो ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति लिनुभएन ?’ मन्त्री र सचिवले खनालसँग सोधेका थिए।

सुत्रहरुका अनुसार खनालले रवि भेटेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेका खनालले रविलाई हिरासतमै भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएका थिए ।

२० साउनमा नारायणगढको एक होटलमा झु'ण्डिएर आत्मह'त्या गरेका पुडासैनीले आत्मह'त्याअघि मोबाइलमा रेकर्ड गरेको भिडियोमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्युको बाटो रोज्न बाध्य भएको बताएका थिए ।

चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई बिना धरौटी रिहा गरेको हो ।

सम्बन्धित खबरहरु