काठमाडौ । आशालाग्दो मन्त्रीको उपमा पाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनअपेक्षा अनुसार तीव्र रूपमा काम अघि बढाएका छन ।

उनले जनचासोको विषय सम्बोधनलाई प्राथमिकतामा राखेको पछिल्लो निर्णयहरूबाट स्पष्ट हुन्छ । मन्त्री भट्टराईले पछिल्लो पटक पशुपति क्षेत्र विकास कोषलाई पशुपति मन्दिरमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशन आजैदेखि कार्यान्वयनमा आउने भएको छ । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार शुक्रबार साँझबाट आरती भन्दा अगाडी राष्ट्रिय गीत बज्ने व्यवस्था मिलाएको पशुपति विकास कोषले जानकारी दिएको छ ।

पशुपति मन्दिरमा हरेक दिन साँझ विशेष प्रकारको आरती हुने गरेको छ । आरती हेर्नका निम्ति सयौँ विदेशी तथा नेपालीहरू पाशुपत क्षेत्रमा उपस्थित हुने गरेका छन ।

सम्बन्धित खबरहरु