मुम्बई । आजका दिनमा बलिउडमा नेपाली कलाकारहरुको आर्कषण बढ्दै जान थालेको छ । उसो त भारतीय कलाकारहरु नेपाली चलचित्र क्षेत्रमा नआएको भन्ने कुरा पनि सत्य होईन । यो भिडमा नेपालकी छोरी मनीषा कोइराला पनि बलिउडमा चर्चित नाम हो ।

हालै रिलीज भएको "प्रस्थानम" को ट्रेलरमा मनीषा लगायत कलाकारहरुलाई देखाइएको छ । उनी लामो समय क्यान्सरबाट थलिईन् । क्यान्सरलाई जितेपछि फेरी चलचित्रमा मनिषाको पुनरागमन भएको छ । यो फिल्म एक राजनीतिक नाटक फिल्म हो ।

यसमा शक्ति, षडयन्त्र र सम्बन्धको संघर्ष देखाइएको छ । फिल्ममा संजय दत्त, जैकी श्रॉफ, अली फजल, मनीषा कोइराला लगायतले अभिनय गरेका छन् । यो फिल्म देवा कट्टाको निर्देशनमा छ । यो फिल्म २० सेप्टेम्बरदेखि रिलीज हुनेछ । यसका गीतहरु पनि अहिले बजारमा आउँन थालेका छन् ।

सम्बन्धित खबरहरु