काठमाडौ । हिन्दु धर्ममा आस्थाको रुपमा हेरिएको गाई मा'रिएको विषय चरम उत्कर्षमा पुगेको छ । हिजो सुर्खेतमा केही गाइहरुलाई सामुहिक रुपमा मा'रिएको विषयले विवादको स्वरुप लिने देखिएको छ । अहिले विश्व हिन्दु महासंघले सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौह'त्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यसमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

महासंघकी महासचिव अस्मिता भण्डारीले भनिन, ‘हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ । गौह'त्या गर्नु महाअपराध हो, यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनु पर्दछ ।’ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भण्डारीले यस्तो जानकारी दिएकी हुन् । यस्तो छ उनको फेसबुक स्टाटस

गौह'त्या गर्नेलाई कडा भन्दा कडा कारवाही गरियोस्

सुर्खेतको क;टकुवा जंगलमा भएको सामूहिक गौ ह'त्याको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ। गौह'त्या गर्नु महाअपराध हो , यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनु पर्दछ।

त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँगजोडदार माग गर्दछु। देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौह'त्याले अझै प्रश्रय पाएको छ ।

संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देशलाई विदेशीको इसारामा परेर धर्मनिरपेक्ष गरिएपछि गौह'त्याका यस्ता दुखद घटनाहरु बढेका छन्। गाई हाम्रो राष्ट्रिय जनावर पनि भएकाले गौको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारसँग आग्रह गर्दछु ।

सम्बन्धित खबरहरु