काठमाडौ । पछिल्लो समय भारतमा रानु मण्डलको बारेमा सोसल मिडियामा निक्कै चर्चा भईरहेको छ । भारतको रेल स्टेशनमा गीत गाउदै आफ्नो गुजारा गर्ने रानुले लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात चर्चामा आएकी हुन् ।

सो गीत रातारात सामाजिक सञ्जालमा भाईरल बने लगत्तै उनलाई संगीत निर्देशक हिमेश रेशमियाले उनलाई आफ्नो फिल्म ह्याप्पी हार्डी एण्ड हिरमा गाउने मौका दिएका छन् । उनलाई गीत गाए बापत हिमेशले उनलाई ६ लाख भारु दिएको समेत भारतीय सञ्चार समाध्यमहरुले जनाएका छन् । अहिले उनि बिभिन्न कार्यक्रमहरुमा सहभागी समेत हुने गर्छिन् । बिगत १० वर्षदेखि आफ्नो परिवार बाट टाढा रहदै आएकी रानु केहि दिन अगाडि छोरीसंग भेट भएकी छिन् ।

यस्तैमा भारतीय बिभिन्न सञ्चारमा यो पनि खवर आएको छ की उनलाई बलिउडका दबंग यानिकी सलमन खानले ५५ लाखको घर गिफ्ट गरेका छन् । साथै उनले आफ्नोे फिल्म दबंग थ्री मा गीत गाउन लगाउने खवरहरु आएको छ ।

सम्बन्धित खबरहरु