काठमाडौं । संसारमा सृष्टिपनि अजिवको छ । विभिन्न जाति प्रजातिले भरिएको यो ब्रमाण्डमा को कस्तो को कस्तो हेर्दै अचम्म लाग्दा सृष्टिपनि छन् । यही भीडमा एउटा अनौठो उभयचर प्रजाति ब्राजिलमा फेला परेको छ । यो अनौठो प्राणी १८०० को उत्तरार्धमा ब्राजिलको वर्षावनमा पहिलो पटक पत्ता लागेको थियो।

२०११ मा मजदुरले विवादास्पद जलविद्युत परियोजनाको लागि माडेरा नदी (अमेजनको सहायक नदी) को एक भाग निकाल्ने क्रममा यी छ वटा विचित्र, नेत्रहीन प्राणीहरू भेट्टाएका हुन् । यस अघिसम्म धेरै मानिसहरूले उक्त अचम्मको प्राणी बारेमा सुनेका थिएनन्। यस्तो अचम्मको प्राणी सर्प रहेको पशु विशेषज्ञहरूले पत्ता लगाएका छन् । यो सर्पको टाउको हेर्दा दुरुस्तै पुरुषको गोप्य अंग जस्तो देखिन्छ ।

सम्बन्धित खबरहरु