काठमाडौं । राप्रपा जसरी पनि आफुलाई हिन्दुवादी र रादावादीको रुपमा चित्रण गर्दै आएको छ । हिन्दु धर्ममा माता मानिएको गाई संरक्षण पनि पार्टीको मुख्य जिम्मेवारी हुनुहपर्ने हो । गाई चिन्हबाट चुनाव लडेर नेपालगञ्ज उपमहानरपालिकाको मेयर बनेका हिन्दूवादी पार्टी राप्रपाका उपाध्यक्ष धवल शम्शेर राणा सामुहिक गौह'त्यापछि विवादमा आउँन थालेका छन् ।

बिहीबार राति सुर्खेत कटकुवाको भीरबाट करिव ३ सय गाई ख'सालिएको थियो । २४ भन्दा धेरै गाई म'रेका थिए भने कति अझै भीरमा अड्किएका थिए जसको उद्धार भयो । राणा मेयर रहेको नेपालगञ्ज उपमहानगरपालिकाबाट २९१ गाई आठ वटा टकमा सुर्खेततर्फ पठाइएको थियो ।

उपमहानगरपालिकाले नै गाई सुर्खेततर्फ पठाएको रहस्य खुलेको छ । भीरबाट गाई ख'साउने चालकहरु यतिबेला सुर्खेत प्रहरीको नियन्त्रणमा छन् । प्रहरी नियन्त्रणमा रहेका चालकहरुले नेपालगञ्ज उपमहानगरपालिकाले गाई पठाएको बयान दिएका छन् । खासमा ति गाई सुर्खेत नभएर दैलेख लैजान लागिएको थियो । ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् ।

ट्रकसहित नियन्त्रणमा लिइएका चालकहरुले उपमहानगरपालिकाले नै गाईहरु पठाएको बयान प्रहरीलाई दिएका छन् । उपमहानगरपालिकाले पनि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुमतिका लागि पत्र लेखेको थियो । नेपालगञ्जका सडकमा छाडा चौपायले सास्ती दिन थालेपछि सवै गाईहरु पहाडतिर पठाउने काम मेयर राणाले गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो । त्यहीबाट मेयरको आग्रहमा गाईहरु दैलेख पठाइएको थियो । गृहमन्त्रालयले घटनाको सत्यतथ्य छानविनका लागि एक विशेष टोली निर्माण गरिसकेको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु