काठमाडौ । ढोरपाटन शिकार आरक्षणका बारेमा धेरै नेपालीले सुन्नुभएकै होला । यहाँ विश्वका दुर्लभ जनावरहरु संरक्षित छन् । तर यहाँ एउटा अचम्मपनि छ नेपाल सरकारले राजश्व उठाएर हेलिकोप्टरमा विदेशीलाई पठाएर नै शिकार गराउँछ । यो बर्ष विदेशीले शिकार खेलेबापत ३ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख)  मा २ करोड ११ लाख उठेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा सिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनामा नाउर १० र झारल चारवटा थिए ।

दोस्रो सिजनमा नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजारका दरले राजश्व तिर्न कम्पनी तयार भएका थिए । उनीहरूले पहिलोमा नाउर १२ लाख ५ हजार र झारलको ९ लाख २० हजार बुझाएका थिए ।

बोलकबोलमा प्रतिस्पर्धाले गत वर्ष धेरै राजश्व संकलन भएको विभागले जनाएको छ । विभागले बोलपत्र पक्रियाबाट शिकारका लागि अनुमति प्रदान गर्छ । उनीहरु नीजि ट्राभल्स, ट्रेकिङहरुसँग मिलेर राज्यलाई राजश्व तिरिसकेपछि हेलिकोप्टरमा त्यहाँ पुग्ने गरेका छन् ।

सम्बन्धित खबरहरु