‘इन्टरनेटको कुलत लागुऔ’षध जतिकै घातक’


बीबीसी ।  मनोविद् करुणा कुँवर र मनोविश्लेषक डाक्टर गंगा पाठककहाँ परामर्श लिन आउनेहरूमा आजकल इन्टरनेटको कुलत भएकाहरू धेरै हुने गरेको उनीहरू बताउँछन्। बालबालिकादेखि वयस्कसम्म आफ्नो अधिकांश समय मोबाइल, कम्प्युटर वा कुनै पनि ग्याजेट चलाउने भएपछि त्यसले महसुस नै नभइकन कुलतको अवस्थामा पुर्याउने भएकाले यसबारे समयमै सचेत हुन उनीहरू सुझाउँछन्। इन्टरनेटको कुलतमा कसरी फसिन्छ भन्ने काठमाण्डूको एउटा प्रतिनिधि पात्रको समस्याले देखाउने मनोविद् कुँवर बताउँछिन्।

कुलतका कथा : उनले इन्टरनेटको कुलतमा परिसकेको एकजना १७ वर्षीया किशोरको हालसालै परामर्श गरिन्। दिनमा १५/१६ घण्टासम्म पनि मोबाइल चलाइरहेपछि ती किशोरका आमाबाबु आजित भएर घरमा इन्टरनेट बन्द गरिदिए।

ती किशोर घरमा इन्टरनेट नभएपछि सानीमाको घरमा गएर चलाउन थाले। “तर पहिलाको दाँजोमा एकदमै थोरै चलाउन पाएपछि उनी घरमा झर्कीफर्की गर्ने भाडा फाल्ने, कोठामा चुकुल लगाएर एक्लै बस्ने गर्न थाले,” कुँवरले भनिन्। “आमाबुवाले मोबाइलमा गेम खेल्ने लत यति घातक होला भनेर सोचेकै थिएनन्। करिब ७ महिनाको परामर्शपछि अहिले बल्ल ती किशोरलाई मोबाइल धेरै चलाउन नहुने रहेछ भन्ने लागेको छ।”

काठमाण्डूकी एकजना युवतीमा पनि त्यस्तै समस्या थियो। फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्चाल चलाउने उनको पनि अधिकांश समय कोठाभित्र मोबाइल चलाएरै बित्थ्यो। आमाबुवाले कुरा गर्दा पनि नजिक नपर्ने र कोठामा चुकुल लगाएर बस्थिन्। इन्टरनेटको कुलतकै कारण प्लस टु सकेर उनले स्नातक पढ्ने चाह देखाइनन्।

छोरीको अवस्था दिनदिनै झन् खराब हुँदै गएको जस्तो लागेपछि ती युवतीलाई पनि उनका बुवाआमाले परामर्शका लागि मनोविद्कहाँ लगे। पहिला १० घण्टा सुत्ने उनी पछिल्लो समय जम्मा ४ घण्टामात्रै सुत्ने गर्थिन्। यी दुई प्रतिनिधि पात्रले इन्टरनेटको कुलतमा कसरी थाहै नपाइकन फसिन्छ भन्ने देखाउने मनोविद् र मनोविश्लेषकहरू बताउँछन्।

त्यसैले उनीहरूको सुझाव छ- स्मार्टफोनको सहज उपलब्धता हुँदै गर्दा त्यसलाई सही कामका लागि वा रोग निम्त्याउने गरी अनावश्यक रुपमा प्रयोग गर्ने गरिएको छ जसलाई ख्याल गर्नुपर्छ।

एक्लोपन मन पर्ने लक्षण
इन्टरनेटको कुलतले छोएका वा छुन लागेका जोकोहीले सामूहिक जमघट भन्दा एक्लोपन मन पराउने गर्छन्। त्यसले बालबालिकालाई बच्चैदेखि एकान्तमा बस्ने बनाउने हुँदा उनीहरूलाई पछि सामाजिक हुन समस्या हुन्छ।

दिनमा कार्यालय वा स्कुल समयपछि मोबाइल वा ग्याजेटमा बिताउने अनि त्यसले गर्दा निद्रामा समेत असर पुर्‍याइरहेकोले यसबारे बेलैमा सचेत नभए गम्भीर खालको मनोरोग लाग्नसक्ने कुँवर बताउँछिन्। हालसालै मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्ने निकायले पनि डिजिटल कुलतलाई रोगको रुपमा व्याख्या गरेको कुँवरले बताइन्।

“कुनै मानिसलाई आफ्नो सेल्फी खिचिरहन मनलाग्छ भने त्यो पनि सामान्य खालको मनोरोगको रुपमा लिइन्छ। त्यसबाहेक सेल्फी खिच्ने अनि कहिलेकाहीँ राख्ने र झन् खिचिरहने अनि सामाजिक सञ्जालमा पोष्ट गरिरहने प्रवृत्तिलाई त सेल्फी टि नामाकरण गरी रोगकै रुपमा व्याख्या गरिएको छ,” मनोविद् कुँवरले भनिन्। त्यतिमात्रै नभएर इन्टरनेट वा डिजिटल कुलतमा परेका मानिसको दिमागको आकार र ला’गुप’दार्थ दुर्व्यसनमा परेकाको दिमागको आकार उस्तै भएको पाइएको छ।

मनोविद् कुँवरका अनुसार कुलत हो/होइन यसरी थाहा पाउन सकिन्छ

  • दिनमा फुर्सदको अधिकांश समय मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्न मन लागिरहने
  • गेम खेल्न वा सामाजिक सञ्जाल चलाउन आफूलाई रोक्न नसक्ने
  • कुनै पनि सामाजिक सञ्जालमा तपाईँले राखेका सामाग्रीमा लाइक वा कमेन्ट कति आयो भनेर त्यसले तपाईँको भावनामा असर पुर्‍याइरहने
  • राति सुत्नेबेलामा नसुतेर घण्टौ‌सम्म सामाजिक सञ्जालमा भुलिरहने

इन्टरनेट कुलतबाट जोगिने/जोगाउने उपाय

  • सबैभन्दा पहिला यसको अधिक प्रयोगले आफूलाई कुलतमा फसाउन सक्छ भनेर आफू र आफ्नालाई यसको प्रयोगमा नियन्त्रण गर्ने
  • आफू कुनै किसिमको इन्टरनेट कुलतमा फसेको हेक्का हुनसक्यो भने धेरै चलाउन मनलाग्ने एपहरू हटाउने
  • बच्चाले तपाईँको मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्छ भने त्यसबाट गेमहरू हटाइदिने
  • घरमा चाहिने जतिमात्रै ग्याजेट राख्ने र खासगरी बच्चाहरूलाई त्यसको प्रयोगमा निरुत्साहित गर्ने
  • बालबालिका वा किशोरकिशोरीले प्रयोग गरी मान्दै नमाने उनीहरूलाई दबाब दिएर भए पनि चलाउन नदिने
  • विद्यालयले इन्टरनेटमा मात्र खोजेर पढ्ने कुरालाई निरुत्साहित गर्ने
  • बालबालिकाले ग्याजेट चलाउँदा कस्ता वेवसाइटहरू चलाइरहेका छन् त्यसको निगरानी गर्ने र राति सुत्नेबेला अनिवार्य रुपमा यस्ता सामाग्रीहरू नहेर्ने र खाटबाट अलि टाढा राख्ने
  • घरमा बालबालिकादेखि वयस्कसम्मको समय बिताउने साधन मोबाइल भइसकेकाले कतिबेला, कति समय, मोबाइलमा के चलाउने दिने भनेर निर्क्यौल गर्ने
  • बच्चालाई नचलाउ भन्नुअघि अभिभावकले आफूलाई पनि मोबाइलको प्रयोगबाट जोगाउने

ख्यालख्यालमै कुलत

तर यसको सम्भावित असरबारे ख्याल हुँदाहुँदै पनि यो लतबाट बाहिर आउन सकिएन भने चाहिँ मनोविद्को परामर्श नै लिनुपर्ने कुवँर बताउँछिन्। यस्ता खालका मानसिक स्वास्थ्यमै असर पार्ने विषयलाई मानिसले गम्भीर रुपमा नलिने गर्दा नै त्यो कुलतमा परिणत हुने मनोविश्लेषक गंगा पाठकको समेत भनाई छ।

“यति चलाउँदा के हुन्छ र भनेर हेलचक्य्राइँ गर्दा नै हो हामीलाई नजानिकनै असर पुर्‍याउने,” डाक्टर पाठकले बीबीसीसँग भनिन्। “एकछिन चलाउँछु भन्दाभन्दै मोबाइल वा कम्प्यूटरको स्क्रिनमा तपाईँ घण्टौं बिताइरहनुभएको हुन्छ। एकदिन दुईदिन गर्दा गर्दै हो कुलतमा फसिने।”

डाक्टर कुँवर पनि आफूसँग परामर्श लिन आउने कतिपय बालबालिका वा युवाहरू एकछिन चलाउँछु भन्दाभन्दै घण्टौं स्क्रिनमा बिताउने गरेको अनुभव सुनाउने बताउँछिन्। “अहिले यो घरघरको समस्या भइसक्यो र यसबारे सचेत भएर आफू पनि जोगिने अनि आफ्ना वरपरकालाई पनि जोगाउन ढिला भइसकेको छ। यसले हाम्रा परिवार समाज सबैमा नकारात्मक असर पारिरहेको छ,” कुँवरले भनिन्।

परामर्शनका लागि मनोविद् कहाँ कुन चरणमा जाने?
मनोविद् वा मनोचिकित्सक सकेसम्म प्रारम्भिक चरणमै आउन सुझाउँछन्। खासगरी समाजमा अझै पनि मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्ने चलन नभएकोले कतिपय मानिसहरूलाई कुलतले धेरै असर पुर्‍याइसक्दा पनि आउन नखोज्ने गरेको चिकित्सकहरूको अनुभव छ।

“सकेसम्म कुलतले आफूलाई धेरै असर नपुर्‍याउँदै उपचार वा परामर्श गर्न खोज्ने गर्नुपर्छ,” मनोविद् कुँवर भन्छिन्। “तर त्यो नभए पनि आफूलाई बरू खाना नखाँदा वा कम सुत्दा हुन्छ तर मोबाइल चाहिँ चलाइरहनुपर्ने वा एकदमै उकुसमुकुस हुने भएको छ, मानिसहरूसँग कुरा गर्नुसट्टा एक्लै बस्न मन लाग्ने भएको छ भने पनि चिकित्सकलाई देखाउन आउनुपर्छ।”

स्मार्ट फोन चलाएर छोराछोरी स्मार्ट हुँदैनन्
आफ्ना साना छोराछोरीले कम्युटर वा मोबाइल आफूले भन्दा राम्रो चलाउँछन् भनेर कतिपय आमाबुवा मख्ख पर्ने गर्छन्। तर त्यसरी स्मार्ट फोन वा कुनै पनि ग्याजेट चलाउँदा विभिन्न एपहरू खोज्न सकेको भनेर खुसी हुन भन्दा पनि त्यसबाट बालबालिकालाई टाढै राख्नुपर्ने मनोविश्लेषक गंगा पाठकले बताइन्। पाठककै भनाइमा साथ दिंदै कुँवरले पनि बच्चाहरूले मोबाइल चलाएर पाउने भन्दा धेरै गुमाउने कुरा हुने भएकाले उनीहरूलाई त्यसो प्रयोगमै रोक लगाउनुपर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क लिएको भए फिर्ता देऊ
स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना
२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर