काठमाडौ । सामाजिक सञ्जालमा अहिलेका चर्चित व्यक्ति हुन् अघोर बाबा । उनको असल नाम भने विजय केसी हो । करिब केहि महिना देखि उनि नेपालमा युटुवमा धेरै छाएका छन् । उनिसँग अन्तर्वार्ता लिन युटुबरहरुको घुइचो नै लाग्ने गर्छ । नेपालमा अहिलेका चर्चित च्यानलहरुमा पनि उनको अन्तर्वार्ता हेर्न सकिन्छ ।

बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका बाबाको बाल्यकालको एक भिडियो बाहिर आएको छ । उनि बाल्यकालमा हुँदा गीतसंगीतमा लागेको कुरा पनि खुलाएका छन् । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन । बिगतमा आफु कलाकारितामा लागेको पनि उनले खुलाएका छन् । चर्चित संगीतकार सम्भुजित बास्कोटा र गौरी मल्लसंग पनि उनको नाम जोडिएको कुरा उनले खुलाएका छन् । उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको एउटा कार्यक्रममा आफ्नो प्रतिभा देखेको दुर्लभ दृश्य अहिले भाइरल भइरहेको छ ।

उनी एक कार्यक्रममा माईकल ज्याक्सनको गीत गाएका छन् । नृत्य देखाएका छन् । उनलाई नायिका गौरी मल्लले अन्र्तवार्ता लिएकी थिइन् । त्यो भिडियो चर्चित छ । त्यो भिडियो १४ बर्षको हुँदा भएको बताएका छन् ।

सम्बन्धित खबरहरु