काठमाडौ । एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि. ले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ गते (सेप्टेम्बर १ तारिख) देखि भदौ २० गते (सेप्टेम्बर ६ तारिख) सम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले सेर्पामलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्नेछन् । जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सकिने छ ।

जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले भने, “हामीले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्धेश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेका छौं ।” “हामीले ग्राहकहरुलाई नयाँ–नयाँ सुविधा दिईरहेका छौं, नेपालमा अझैपनि ‘जेन्यून प्रडक्ट’ को बारेमा जानकारी छैन, त्यसैले आधिकारिक बिक्रेताबाट किनेको आइफोन मात्र ‘फ्रि सर्भिस क्याम्प’ मा चेक गरिनेछ । अबैधरुपमा आइफोन बेच्नेहरुले नेपालमा रिफर्बिस्ड गरिएको एप्पल आइफोन भित्र्याएर ग्राहकहरुलाई ब्राण्ड न्यू भनेर बिक्री गरि ठगीरहेका छन् ।”

जेननेक्स्टले आइफोन खरिदकर्ता तथा प्रयोगकर्ताहरुलाई आधिकारिकरुपमा नेपाल भित्रिएको आइफोन मात्र खरिद गर्न अनुरोध गरेको छ । “हामी ग्राहकहरुलाई आफूले किनेको आइफोन आधिकारिक अर्थात सक्कली हो वा होईन भन्ने थाहा पाउनको लागि जेननेक्स्टको वेबसाइटमा गएर आइफोनको आईएमईआई चेक गर्न समेत आग्रह गर्दछौं ।”

जेनेरेशन नेक्स्टले नेपाली बजारमा आइफोन सिक्सएसको ३२ जीबी स्टोरेज, आइफोन सिक्सएस प्लसको ३२ जीबी, आइफोन सेभेन प्लस ३२ जीबी र १२८ जीबी, आइफोन ८ ६४ जीबी, आइफोन ८ प्लस ६४ जीबी र २५६ जीबी, आइफोन एक्स ६४ जीबी र २५६ जीबी, आइफोन एक्सएसको सबै स्टोरेज अप्सन, आइफोन एक्सएस म्याक्सको सबै स्टोरेज अप्सन र आइफोन एक्सआरको सबै स्टोरेज अप्सनहरु उपलब्ध गराएको छ ।

जेनेरेशन नेक्स्टले दशैंको अवसरमा आइफोन खरिदकर्ताहरुको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ । स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिख भित्रमा आइफोन किन्ने ग्राहकहरुले प्राप्त गर्ने सक्नेछन् ।

सम्बन्धित खबरहरु