तीजको दिन माईती बचाईदिन चेलीको अपिल, सम्भव नहुनेलेपनि सेयर गरिदिन अपिल


काठमाडौ । आज हरितालिका तीजको पहिलो दिन घर–घरमा दर खाने रमाईलो मनाएर परिवार बसिरहेका छन् । तीज भन्ने वित्तिकै माईतीले लिन आएपछि चेली माईतीको घरमा पुगेर मिठो मसिनो खाने रमाईलो गर्ने विशेष दिन हो । तर यही दिनमा एक चेली र माईतीलाई बज्रपात परेको छ । उनीहरुले बचाई दिन जीवनको भिख मागिरहेका छन् ।  उदयपुरका बिबेक राईको सहयोगको लागि बहिनि मेरी राइले सम्पूर्ण नेपालीहरुलाई सहयोगको अपिल गरेकी छिन । बिबेकको बैसाख २२ गते दुर्घटना भएको थियो ।

घरको स्थिति अति कमजोर हुनाले पछि काठमाडौंमा आएर सानो तिनो कामगरी भाई र बहिनीलाई लिएर गुजारा चलाई रहेको अवस्थामा उनको ललितपुरको नख्खु स्थित बाटोमा बाईक दुर्घटना भई अचेत अवस्थामा हस्पिटलमा पुराई टाउकोको दाहिने पट्टीको हड्डी निकालिएर राखिएको कारण फेरी हड्डी लगाउनको लागि ८ लाख भन्दा बढि रकम चाहिएको छ ।

कोठामा खान सम्म अभाव भएको छ, यदि यो दु खको घडिमा सहयोगको लागि हजुर हरुको सानो मुठ्ठीले पनि ठूलो काम गर्ने छ , बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

सहयोगको लागि

  • खाता नम्बर : A/C : 0415750444693001
  • A/C Name : Meri Rai ( बिमारीको बहिनी)
  • Bank Name : NIC Asia
  • Branch : Satdobato
  • फोन सम्पर्क : 9808969556/ 9819916576

योपनि

हिन्दु नारीहरुको महान पर्व तीज । हिन्दू नरनारीले तीज तथा अन्य धार्मिक पर्वमा खोला, नदीमा स्नान गर्ने परम्परा शास्त्रमा प्रतिपादित गर्ने दूरद्रस्टा ऋषिमुनीद्वारा पृथ्वीलाई प्रदूषणयुक्त विनाषलीलाबाट सुरक्षा प्रदान गर्न मानवकल्याणहेतु मानवलाई खोला–नदीमा धार्मिक अनुष्ठान गराउनु मानवले कालान्तरसम्म खोला–नदी स्वच्छ, सुरक्षित राखुन् भन्ने हो ।

तर धार्मिक, सांस्कृतिक, विश्रृंखलताका कारण अमृतधारा बग्नुपर्ने जीवनदायी खोला, नदीनालाहरु अज्ञानतावश विशाक्त तुल्याएका छौं । धार्मिक प्रकृतिद्वारा खोला, नदीनालामा नुहाउने संस्कारबाट प्रकृति र मानवको सम्बद्र्धन गर्ने तीजको अनुकम्पनीय पक्ष बिलाएर गएको छ ।

सांस्कृतिक विचलनको क्रममा तीजको शास्त्रीय पद छाड्दै जाँदा आयुर्वेदीय ज्ञान पनि गुमाउन पुगेका छौं । तीजको बिधिअन्तर्गत अपमार्ग नामक बनस्पती हाँगाले तीन सय ६० दतिउन गर्ने परम्परा छ । आर्युवेदिक सूत्रअनुसार अपमार्गमा दाँतको रोग, पायरियाविरुद्ध औषधियुक्त रसायन हुन्छ र अंकमा तीन सय ६० को सूत्राधार एक वर्षमा साधारणतया तीन सय ६० दिन हुन्छ । अतः तीन सय ६० दिन दैनिक दाँत सफा गर्नु भन्ने धर्मोपदेश हो । तर, धार्मिक, सांस्कृतिक अज्ञानताका कारण यी विषय पनि विलुप्त हुन गएको छ ।

मौलिकता छाड्दै गएकाले धार्मिक, सांस्कृतिलगायत सामाजिक, राजनैतिक, आर्थिक सम्पूर्ण क्षेत्रमा रनभुल्ल परेर हामी वैचारिक दासत्व भोग्दै स्वअस्तित्व हराएको अवस्थामा पुगेका छौं । छैठ पर्व, जनै पूर्णिमा, मातातीर्थ, कुसे औंसी, तीज, तिहार आदि चाडभित्र अध्यात्म, ज्ञान, विज्ञान अन्तरनिहीत छ ।

मानवजगत् प्राणी चराचर कल्याणहेतु मन्त्र रचिएको छ । युग कालखण्डमा मन्त्रोज्ञान सर्वसाधारणको चेतनाबाट कहिल्यै, किन, कसरी टाढिँदै गयो ? हुन सक्छ समाज संरचनाको उत्पतिसँगै जन्मिएको अवाञ्चित, असामाजिक प्रपञ्चकारी तत्वले नागरिकमाथि आप्mनो शासन–प्रशासन लाद्न निहित स्वार्थको लागि समाज र देशलाई चेतना र अधिकारबाट बञ्चित पार्दै ती ज्ञानबाट अज्ञान तुल्याउँदै मानसिक शोषणको अराष्ट्रिय अभियान थाले ।

यसैकारण कस्तुरी मृगलाई आप्mनो नाभीमै रहेको सुगन्धको ज्ञान नभएर अज्ञानताको पछाडि डौडिएजस्तै आज हामी आफैंभित्र विद्यमान ज्ञानपुञ्जको झिल्को देख्न नपाएर अन्तर्राष्ट्रद्वारा मानसिक शोषण भएका हाम्रो राजनेता र नेताद्वारा मानसिक शोषण गरिएका राजनैतिक कार्यकर्ता र ती कार्यकर्ताद्वारा मानसिक शोषण भएका सर्वसाधारण जनता आर्थिक, राजनैतिक हरेक परिवेशमा विदेशी परनिर्भरताको पछाडि दौडिरहेका छौं ।

विदेशी शिक्षा माध्यम दुष्प्रभावका कारण धर्मसंस्कृति राजनैतिक तथा राष्ट्रियताप्रति मानसिक शोषण भएकाहरुद्वारा भ्यालेन्टाइन, क्रिसमस र सौन्दर्य प्रतियोगिता दृश्यको दुष्प्रभावमा बरालिएर नेपाली नारीपुरुषहरु शोषित मानसिकताले तीज आदि पर्वमा देखापर्न थालेका छन् ।

सुरुमा राजधानीमा थुप्रिएका नवधनाड्यका बिगबिगीले विद्युतीय प्रविधि, टेलिभिजन उपलब्ध भएकै कारण धर्म–संस्कृतिप्रति चेतनाको अभाव, समाज र राष्ट्रप्रति उत्तरदायित्वविहीन हामीहरुले लुटको फुपुको श्राद्ध भनेझैं ठूलाठूला होटलमा, भोजभतेर, मोजमजा र गरगहनाको प्रदर्शन गर्ने सामाजिक अपराधका धर्म–संस्कृतिसँग सम्बन्ध नै नभएको कुसंस्कारको थालनी ग¥यौं ।

राजधानीवासीको उखरमाउलो छाडा प्रवृत्तिबाट दुष्प्रभावित भएर उपत्यका बाहिरका टेलिभिजनहरुबाट पनि तीज विशेष भनिएका कार्यक्रममा मानसिक शोषणको पराकाष्टा देखिन थालेको छ । तीजजस्तो संयमित पर्व उच्छृंखलता, विसंगतिपूर्ण, अश्लील पक्षतिर धकेलिँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
नेपाल निर्माण गर्न सक्ने वौद्धिक क्षमता भएका पुर्खाका सन्तान तीज पर्वको धार्मिक तथा सांस्कृतिक मौलिकताबारे सोच्न नसक्ने गरी मानसिक दरिद्र भइसके त ? भविष्यमा नेपाली पुस्ताले भोग्नुपर्ने दृष्परिणामपट्टि जिम्मेवार आमाबुबाहरुले समयमै विचार पु¥याउन गम्भीर हुनु परेको छ । डिस्कोमा जाउँ, डिस्को गीत गाउँ जस्ता अशोभनीय शब्दमा शोभनीय नेपाली नारीहरुले नसुहाउँदो नृत्य गरेको धार्मिक, सांस्कृतिक चेतनाको हकमा शोषित मानसिकताले ग्रसित राष्ट्रको दयनीय अवस्था हो भन्ने बुझ्न गाह्रो पर्दैन ।

सयौं नारीपुरुषको समूहमा कोही पनि सचेत, जिम्मेवार नागरिक नहुनु भविष्यका लागि चिन्ताको विषय हो । यस्तै हो भने देशलाई सिध्याउन कुनै राष्ट्रघातीहरुको आगमन हुन पर्दैन । यहाँ यस्तै हामीहरुजस्ता आत्मघातीहरु नै पर्याप्त हुने छौ । तीज र डिस्को विदेशी प्रचलनसँग अन्त्यतः के सम्बन्ध छ ? तीजमा डिस्को गीत गाएर नेपाली नारीहरुको मानसिक शोषण गर्ने, गायिकाको भेषभुषा र भाषाले प्रतिकूल वातावरण सिर्जना गर्दै कलिलो भविष्यको मानसिक शोषण गर्ने कार्य भइरहेको थियो ।

पाकिस्तानी कवाल गायिकाको भेषभुषा र टोपी र अंग्रेजी वाक्यांशको बोली देख्नेसुन्नेलाई अनुभव हुन्थ्यो कुनै विदेशी महिला नेपाली नारी समाजभित्र भाँडभैलो मच्चाउन षडयान्त्रिक घुसपैठ गराइएको छ । लाजले टिभी च्यानल नै फेर्नुपर्ने स्थिति गायिकाले अझ कहाँबाट सिर्जिन भने कार्यक्रम मञ्च अडाउन ठड्याइएको खम्बालाई क्याब्रे नृत्यको अश्लील हाउभाउ भंगीमाद्वारा बेलाबेला अँगालो हालेर खम्बासँग बेरिन खोजेको दृश्य मानसिक शोषण भइसकेपछि सोच्न नसकेर आत्मघाती पाइला चालिएको हुनसक्छ ।

रातै छ चोली, रातै छ साडी, रातै छ जवानी, आमा उमेरकाहरुले बुझेर वा नबुझेर कुन अर्थमा विदेशी कवाली संगीतको धुनमा कुन्ठित भावनालाई दर्साएर कस्तो आत्मतृप्तिको लागि प्राथमिक, निम्नमाध्यमिक विद्यालय उमेरका भावी सन्तानको मानसिकतामा कुन छाप छाड्छ भन्ने होससम्म हराएर नाचेका हुन् । मानसिक, सांस्कृतिक कुठाराघात गर्ने यस्ता शोषणविरुद्ध जनता स्वयम् जागरुक र सचेत हुनु परेको छ ।

यहाँ राष्ट्रप्रति जागरुक आमा समाजको जिउँदो अस्तित्वको उपस्थिति पनि छ । आमा समाजले अनैतिक यौन व्यवसाय, जुवातास, जाँडरक्सी, असामाजिक विकृतिविरुद्ध सुधारात्मक अभियान थालेको सेलाएको छैन । आमा समाजको उपस्थिति तीज पर्व आदिमा गतिछाडा, समाजभाँडा प्रवृत्तितिर उन्मुख भएको नारीहरुको सुधारपट्टि पनि क्रियाशील हुन आवश्यक देखिन्छ । आधा आकाश ढाक्ने नारीशक्तिले पुरुषहरुले वर्षैभरि तास खेल्न हुने, हामी नारीले सोही अर्थमा तीज मान्नु नहुने मानसिकताका कुरा गर्नुभन्दा समाजमा बिग्रिएर गएका पुरुषहरुप्रति तीज माध्यम हामी सकारात्मक, सुधारात्मक कार्य गरेर जानु पर्छ भन्ने संकल्प र प्रेरणा पो लिनु पर्दछ ।

आमाको काख नै राष्ट्रको भविष्यका खम्बाहरुको पहिलो पाठशाला हो । र, आमा नै ज्ञानको पहिलो गुरु हुन् भन्ने सत्य सास्वत यथार्थलाई बिर्सिएर कुनै पनि नागरिकले समाजप्रतिको कर्तव्य र जिम्मेवारी त्याग्नु हुँदैन । हामी विश्वसमाजभित्र छौं । राष्ट्रिय समाजले विचार र कर्तव्यमाथि उठेर उच्चता प्राप्त गर्नु विपरित हाम्रो गतिबिधि एकभन्दा अर्को उच्छृंखल अश्लीलताको प्रतियोगितामा कोभन्दा को तल्लो तहमा झरेर सस्तो प्रचार बटुल्न सक्छौ भन्ने शोषित मानसिकताले उँधो लागेको भान पर्दछ ।

वर्तमान वातावरणको संकेतले राजनैतिक संकटबाहेक सांस्कृति, सामाजिक संकटमा पनि भासिँदै गएको आभाष हुन्छ । उत्पन्न समस्याको मूल जड विदेशी षडयन्त्रद्वारा नेपाली मस्तिष्कको अपहरण हुनु र मानसिक शोषणबाट जनमुक्ति दिलाउनु पहिलो सर्त हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क लिएको भए फिर्ता देऊ
स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना
२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर